Bachelors Portal

दिवा खाजाका लागि रैथाने परिकार प्रयोग कसरी गर्ने- मस्यौदामा सुझाव माग (मस्यौदा सहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजामा रैजान पकिार प्रयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालासंग सुझाव माग गरेको छ ।

विद्यालयको कक्षा ५ सम्म दिइँदै आएको दिवा खाजामा स्वस्थ्यकर तथा पौष्टिक तत्त्व भरपुर हुनु पर्ने भन्दै तयार गरेको मस्यौदामा सुझाव माग गरेको हो ।

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ ।

दिवा खाजाका लागि कस्तो नीति आवश्यक छ ? दिवा खाजासँग जोडेर स्थानीय खाद्यवस्तुको उत्पादन बढाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तरिका के–के हुन सक्छन् ? विद्यालयको दिवा खाजाको पोषणमा खाद्य सुरक्षा र स्वच्छता कसरी सुरक्षित गर्न  लगायतका विषयमा मस्यौदा मार्फत सुझाव मागिएको छ ।

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त दिवा खाजा प्रारूपको मस्यौदा

Thuprai - Books and E-books