उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धिका लागि आवेदन माग (सूचनासहित)

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्षेत्रका लागि आवेदन माग गरेको छ ।

आयोगले उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका साथै उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थी लक्षितगरी आवेदन माग गरेको हो ।

आयोगले गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्तिलगायतका विभिन्न कार्यक्रमका लागि आवेदन माग गरेको छ ।

आयोगले आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन विभिन्नकाय शीर्षकका कार्यक्रमका लागि  कार्यक्रम कार्यविधि, २०८१ मा तोकेबमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव माग गरेको छ ।

संस्थागत विकास अनुदान,  क्रियाकलापका लागि संरचना विकास, विशेष अनुदान, गुणस्तर सुधार कार्यक्रम, अनुसन्धान सहायता कार्यक्रमहरू, अनुसन्धान प्रबर्द्धन, सहकार्यात्मक अनुसन्धान अनुदान, उद्यमशीलता सहायता कार्यक्रम, विश्वविद्यालय इन्कुवेसन केन्द्र स्थापना सहयोग लगायतका कार्यक्रम्का लागि आवेदन माग गरेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal