After SEE Portal

पाकिस्तानबाट छात्रवृत्तिमा बिएस्सी इन्जिनियरिङ गर्न चाहने विद्यार्थीबाट आवेदन माग (सूचनासहित)

Bridge Course

पीटीएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीले साउन ४ देखि १० गते सम्ममा आवेदन दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ ।

पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयमा  पाकिस्तान सरकारबाट  प्रदान भएको ६ सिटका लागि मन्त्रालयले आवेदन माग गरेको हो ।तोकेको योग्यता पुरा गरेका र त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट २०७८ सालमा लिइएको प्रवेश परीक्षाको योग्यताक्रम सूचीमा सूचीकृत भएका विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । 

 

A Levels MA
Thuprai - Books and E-books