After SEE Portal

रोकिएको सम्बन्धन प्रक्रिया पाँच वर्षपछि पुनः सुचारु गर्न आवेदन माग

Bridge Course

सुदूरपश्चिम विश्वविद्यालयले पाँच वर्ष देखि रोकिएको सम्बन्धन प्रक्रिया पुनः अघि बढाउने भएको छ ।

विश्वविद्यालयले २०७५ जेठ १४ गते सूचना सार्वजनिक गर्दै सम्बन्धन प्रयोजनका लागि आवेदन माग गरेको थियो । विभिन्न कारण देखाउँदै स्थगित गरेको सो प्रक्रिया पुनल अघि बढाउनेगरी सूचना जारी गरेको हो ।

 सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को साउन ३१ गते बसेको बैठकले स्थगित रहेको सम्बन्धन प्रक्रियालाई सुचारु गर्ने र सम्बन्धन लिन इच्छुक नयाँ संस्थाहरूबाट समेत आवेदन आह्वान गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले २०७५ जेठ १४ गतेको सूचना अनुसार आवेदन दिएका संस्थाहरूले आफ्नो अद्यावधिक विवरण पेस गर्न र नयाँ आवेदन दिने संस्थाहरूबाट हाल विश्वविद्यालयमा सञ्चालनमा रहेका विभिन्न कार्यक्रमहरूको सम्बन्धन लिनका लागि आज देखि १५ गते भित्र आवेदन माग गरेको छ ।

विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षा शास्त्र सङ्काय,। विज्ञान तथा प्रविधि सङ्काय, सिभिल इन्जिनियरिङ सङ्काय, व्यवस्थापन सङ्काय, कृषि विज्ञान सङ्कायका विभिन्न कार्यक्रममा सम्बन्धन दिने गरी आवेदन माग गरेको छ ।

A Levels MA