उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग

विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

आर्थिक वर्ष २०८०-०८१ मा स्नातकर स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूबाट  फागुन दुई गते कार्यालय समयभित्र आवेदन मनग गरेको हो ।

विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० अनुरुप उच्च शिक्षामा पहुँच अभिबृद्धिका लागि अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरूप न्यूनतम् योग्यता पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने आयोगले जानकारी दियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal