After SEE Portal

दश प्रतिशत विद्यार्थीहरु छात्रवृत्तिमा अध्ययन गर्दै : रिलायन्स इन्टरनेशनल एकेडेमी (अन्तवार्ता )

Bridge Course

काठमाडौं । त्रिभुवन विश्वविद्यालय बाट संम्बन्धन प्राप्तरिलायन्स इन्टरनेशनल एकेडेमी चावहिलमा अवस्थित छ । रिलायन्स एजुकेसन नेटवर्क भित्र रहेको यो कलेज नेपालकै उत्कृट कलेजमा प्रर्दछ । प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्म अध्यापन हुने गरेको छ ।

 ६ सयभन्दा बढी कर्मचारी, ६ हजारभन्दा बढी छन् विद्यार्थीहरू यस नेटवर्कभित्र आवद्ध रहेका छन् । एउटै छाताभित्र रिलायन्स एजुकेसन नेटवर्कले शैक्षिक क्षेत्रमा उदाहरणीय र अब्बल रूपमा आफूलाई उभ्याएको छ ।

 विक्रम संवत् २०५० सालमा स्थापना भएको रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेशनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स होम, रिलायन्स कोयड र रिलायन्स कलेज गरि ५ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । 

रिलायन्स एजुकेसन नेटवर्क्भत्र रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी का स्थापक अध्यक्ष तथा प्रिन्सिपल रविन्द्रजङ्ग थापा संग ईडियूसञ्जालका सिताराम शर्माले गरेका कुराकानीको सारसंक्षेप :

                


कलेजको स्थापना कसरी भयो ?
सर्वप्रथम रिलायन्स एजुकेसन नेटवर्क भन्ने शैक्षिक संस्थाको स्थापना विक्रम संवत् २०५० सालमा भयो । रिलायन्स एजुकेसन नेटवर्कभित्र रिलायन्स इन्टरनेशनल एकेडेमी स्कुल, रिलायन्स पब्लिक स्कुल, रिलायन्स किड्स होम, रिलायन्स कोयड र रिलायन्स कलेज गरि ५ वटा शैक्षिक संस्था सञ्चालनमा छन् ।

 यसरी स्थापना पछि रिलायन्स इन्टरनेसनल एकेडेमी विक्रम संवत् २०६२ सालमा स्थापना भयो । 

कस्ता विद्यार्थीहरुले यो कलेजमा पढ्न पाउछन् र भर्ना हुने कसरी ? 

प्लस टु को हकमा धेरै त हाम्रो स्कुलमानै पढेका विद्यार्थीहरुले पढ्ने गरेका छन् । अन्य ठाउँ बाट आउने विद्यार्थीको लागी कलेजले पहिले विद्यार्थीको क्षमताको मुल्याङ्कन गर्दछ । भर्नाको विषयमा निश्चित कोटा हुन्छ र विद्यार्थीको प्रवेश परीक्षा लिईन्छ ।

 उक्त परीक्षामा नाम निकाल्ने विद्यार्थी भर्ना हुन पाउछ । एस.इ.इ.पछि प्लस टू पढ्ने करीब ४० प्रतिशत विद्यार्थी मात्र उतिर्ण हुन्छन् त्यस बाहेकका विद्यार्थीहरू अनुतिर्ण हुनुको कारण नै सहि कलेज छनोट गर्न नसक्नु हो ।

 हुन त अहिले ग्रेडिङ्ग प्रणाली लागू गरिएको छ तर जे भने पनि आधाभन्दा बढी विद्यार्थी कलेज तहमा जान रोकिइरहेका छन् । त्यो नहुनको लागि अहिले भर्ना हुने बेलामा नै  विद्यार्थी र अभिभावकले सकेसम्म आफ्नो वरपर रहेको उत्कृष्ट कलेज छनोट गर्नुपर्दछ ।

पठनपाठन कसरी हुने गरेको छ ? 

एउटा स्थापित शैक्षिक ब्राण्ड र उत्कृष्ट नतिजा ल्याइरहेको रिलायन्स कलेजमा हाम्रो अहिलेसम्म एउटै व्यवस्थापन छ, लामो समयदेखि निरन्तर यहिँ पढाइरहेका दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरू छन् । शैक्षिक पूर्वाधारदेखि विद्यार्थीमैत्री वातावरण छ ।

 विद्यार्थीको लागि आवश्यक ल्याब, लाइबेरीदेखि अन्य अतिरिक्त क्रियाकलापको लागि उपयुक्त सेवा सुविधा उपलब्ध छ । ब्याच्लरमा चार वर्षको अवधि हुन्छ । उनीहरूका लागि व्यवहारिक ज्ञान, सीप र क्षमताको विकास गर्दै लैजानुपर्ने हुन्छ ।

हामीले व्यवस्थापन पढ्ने विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञानको लागि विभिन्न उद्योग, कर्पाेरेट हाउस, बैंक तथा वित्तिय संस्थाको भ्रमण र इन्टर्न् गराउँने गरेका छौं ।

 भने मानविकीका सोसल साइन्सका विद्यार्थीहरूलाई विषय अनुसार भ्रमण, प्राक्टिकल, अनुसन्धानदेखि विभिन्न क्रियाकलापमा सक्रियताकासाथ सहभागी गराउँछौं भने पत्रकारीताका विद्यार्थीहरूलाई पनि विभिन्न मिडिया हाउसहरूमा इन्टर्नदेखि रोजगारसम्मको लागि हामीले सहयोग गरिरहेको छौं । पढाई, प्रतिभा र दक्षतालाई सँगसँगै लगिरहेका छौं ।

अहिले सम्म कति जनशक्ति उत्पादन भए र अहिले कति संख्यामा अध्यायनरत छन् ? 

आज झण्डै चौध बर्ष सम्म आईपुग्दा करीब एक हजार ६ सय विद्यार्थीहरुले पास गरिसकेका छन् । अहिले करीब तीन सय पचास विद्यार्थीहरुले अध्यायन गदै आएका छन् । यहाँबाट उत्पादित जनशक्ति हाम्रो देशमा विभिन्न क्षेत्रमा छरिएर रहेका छन् । 

कलेजका शैक्षिक कार्यक्रमहरु के के रहेका छन् ? 

हामीले २०६० सालबाट प्लस टु कार्यक्रम सञ्चालन गरेका हौं । रिलायन्सले उच्चमावि अर्थात प्लस टू तहमा विज्ञान, व्यवस्थापन, मानविकी र मानविकीमा कानून विषय प्रारम्भ गरेका छौं ।

 त्यसैगरि, स्नातक तहमा बीएस डब्लु, बीबीएस, बीए र बिसिए जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेको छ भने स्नातकोत्तरमा एमबीएस प्रोग्राम सञ्चालन गरिरहेका छौं ।


छात्रवृत्तिकोलागी रिलायन्स कलेजले कसरी छनोट गर्ने व्यवस्था गरेको छ ?

छात्रवृत्तिको विषयमा हामीले निश्चित प्रक्रिया बनाएका छौं । कुनै भेदभाव छैन । एउटा एस.इ.इ र प्लस टू को नतिजाको आधारमा, अर्काे आन्तरिक परीक्षामा ल्याउने नतिजालाई पनि हेर्दछौं र त्यसैको आधारमा अर्काे परीक्षासम्मको लागी छात्रवृत्ति दिने गरेका छौं ।

 त्यसैगरि दलित, गरीब र दुर्गम क्षेत्रका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेका छौं । परीक्षा बोर्डले सिफारिस गरेकासहित करीब करीब दश प्रतिशतले छात्रवृत्ति सुविधामा पढ्छन् । व्यक्तिको पहुँच भन्दा पनि विद्यार्थीको क्षमताको आधारमा दिने गरेका छौं ।



कलेजले लिने शुल्क धेरै महङ्गो छ भन्ने आरोप छ के यो सत्य हो ? 

कलेजहरूले त्यस्तो धेरै बढी शुल्क लिएजस्तो मलाई लाग्दैन । महङ्गो शुल्क भएको भए त विद्यार्थीको आगमनले देखाईहाल्थ्यो होला नि ।

  समयानुकूल कलेजहरूले सेवा सुविधा अनुसार केही तलमाथि लिएको होला । तर भद्दा किसिमको ठूला भवन, स्वीमङपुल मात्र देखाएर भन्दा पनि विद्यार्थीको लागि आवश्यक ल्याब, लाइब्रेरीदेखि अन्य अतिरिक्त क्रियाकलापको लागि उपयुक्त सेवा सुविधा अनुसार शुल्क हामीले लिएका छौ । नेपालको खुला अर्थतन्त्र वा खुला बजार छ ।

 मिश्रित आर्थिक प्रणालीबाट खुला आर्थिक प्रणालीमा चलिरहेको नेपालको अर्थनीति कित परिवर्तन गर्नुपर्याे होइन भने शुल्क बढी लियो भन्दा पनि शुल्क अनुसार सेवा सुविधा दिएको छ कि छैन भन्ने कुरा अनुगमनकारी निकाय र सरकारले हेर्ने ब्यावस्था हुनुपर्यो ।


भाद्र २२ गते ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रा्िष्ट्रय साक्षरता दिवसको अवसरमा  उत्कृष्ट विद्यालय सम्मानद्वारा विभूषित भएको छ, के मापदण्डको आधारमा विभूषित भयो ? 

भाद्र २२ गते ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रा्िष्ट्रय साक्षरता दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित समारोहमा नेपाल सरकारद्वारा प्रदान गरिने उत्कृष्ट विद्यालय सम्मानद्वारा विभूषित भएका हौ । 

सामुदायिक र संस्थागत विधामा माध्यमिक तहको परीक्षाको नतिजा लगायतका विषयलाई मुख्य आधार बनाई गरिएको मूल्यांकनमा संस्थागत माध्यमिक विद्यालयतर्फ प्रथम स्थान हासिल गरेका हौ ।

हामीले २५ वर्षको शैक्षिक यात्रामा हासिल गरेका एक पछि अर्को उपलब्धि र राष्ट्रिय कीर्तिमानहरूले उपर्युक्त तथ्यहरूलाई उजागर गरेका छ । हाल संस्थाले राष्ट्रिय तथा क्षेत्रीयस्तरमा हासिल गरेको उत्कृष्ट विद्यालय सम्मान एवम् पुरस्कार त्यसैको एउटा पछिल्लो उत्कृष्ट उदाहरणपनि हो ।

कलेजको भावि योजना के रहेको छ ?

 त्रिभुवन विश्वविद्यालय बाट संञ्चालीत अहिले हामीले दुई वटा कार्यक्रमहरु मात्र संञ्चालनमा ल्याएका छौ । यदि अन्य कार्यक्रमहरु पनि संञ्चालन गर्न हामी गृहकार्य गरीरहेका छौ, स्नातकोत्तरमा एमबीएस कार्यक्रम सञ्चालन गरिरहेका छौ अन्य कार्यक्रम पनी सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।

A Levels MA
Thuprai - Books and E-books