After SEE Portal

शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

Bridge Course

शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ । शिक्षक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । पदाधिकारी छनोटका लागि गठित सर्च कमिटिले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो ।

सो सर्च कमिटिले डा. डिल्लिराम रिमाल र नन्दकुमारी महर्जनलाई सदस्य पदका लागि छनोट गरेको छ । अध्यक्षका लागि सिफारिस भएका रेग्मी शिक्षा मन्त्रालयका पूर्व शिक्षा सचिव हुने भने सदस्य डा. रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यसैगरी महर्जन जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरकी पूर्व प्रधानाध्यापक हुन् । छनोट भएका सबैलाई सर्च कमिटिले पाँच वर्से अवधारणापत्र र अन्तर्वार्ता लगायतका माध्यमबाट छनोट गरेको सर्च कमिटिले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books