त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले आज लिएको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको छ । समितिले प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा केशरजंग बराल,  र प्राडा टंकनाथ धमलाको नाम कुलपति समक्ष सिफारिस गरेको हो ।  कुलपति तथा प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार आज लिएको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको छ ।

एक नम्बरमा छनोटमा परेका प्राडा बुढाथोकीले १०० मा ७८ नम्बर ल्याएर पहिलो नम्बरमा सिफारिसमा परेको उच्च स्रोतले जानकारी दियो । त्यसैगरी दोस्रो नम्बरमा सिफारिसमा परेका पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा बरालले ७६ र तेस्रो नम्बरमा सिफारिसमा परेका प्राडा धमलाको प्राप्तांक ७५ रहेको स्रोतको दाबी छ ।

समितिले पहिलो चरणको छनोटमा  ४२ जनाबाट १४ जनाको नाम सार्वजनिक गरेको थियो । समितिले सर्ट लिष्टमा छनोटमा परेका  कुशुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापासंग आज अन्तर्वार्ता लिएको थियो ।समितिले आज लिएको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal