SEE Result 2082

निर्वाचन केन्द्र भएका विद्यालय तीन दिन  बन्द गर्ने सिफारिस

निर्वाचन आयोगले वैशाख २८ देखि ३० गतेसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

आयोगले मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि मिति २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारलाई  विद्यालय बन्द गर्ने  आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको उनले  जानकारी दिए ।

वैशाख ३० गते हुने निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका विद्यालय लगायत अन्य सबै सरकारी कार्यालय भवन मतदान तीन दिनसम्म उपलब्ध गराउन सबै स्थानीय तहलाई लेखि पठाउने निर्णय भएको पनि अर्यालले जानकारी दिए ।​

+2 School
Counseling
Bachelors Portal