शिक्षक सेवा आयोगले २०७८पुस १४ मा गरेको विज्ञापन अनुसार प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण सहित स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको हो ।
आयोगको चैत १ गतेको निर्णयानुसार नियुक्तिका लागि सिफारिस गरेको छ ।
आयोगले १३ हजार ९३ जनाका लागि विज्ञापन गरेको थियो । प्रदेश १ मा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन गरेको थियो ।