CMAT

उत्कृष्ट क्याम्पस छनोटका लागि पुनः सूचना जारी

विश्वविद्यालय अनुदान आयोगले आव्हान गरेको उत्कृष्ट क्याम्पस छनोटकालागि अब १७ दिन मात्र बाँकी रहेको छ ।

आयोगले सोही मितिसम्म आवेदन दिनेगरी पुनः आवेदन दिन सूचना जारी गरेको छ । पुनः जारी गरेको सूचनामा पनि आवेदन दिने  मिति साउन १९ गते नै निर्धारण गरेको छ ।

असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन  प्रदान गरिने “नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्नका लागि पुनः सूच्ना जारी गरेको हो ।

“नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ू को दफा १६ मा भएको व्यवस्था अनुसार उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका सामुदायिक र निजी (प्राइभेट) क्याम्पसले आ(आफ्नो दावीसहित तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचा अनुसार आवेदन माग गरेको छ ।

आवेदन फारम, छनोटको मापदण्ड निर्देशिका  अनुसार हुने छ ।  उक्त पुरस्कारबाट आयोगले आङ्गिक क्याम्पस, सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस,  सम्बन्धनप्राप्त निजी ९प्राइभेट ० क्याम्पसलाई एकएकक्याम्पसलाई पुरस्कृत गर्ने भएको छ । 

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्ः 

Thuprai - Books and E-books