शिक्षकलाई कोरोना संक्रमण, रत्नराज्य मावि बन्द

शिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यालयको बिहानी सिफ्टका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आज पहिलो पिरियड पढाएर एक हप्ताको लागि विद्यालय बन्द गरिएको हो ।

‘एक जना शिक्षकमा कोरोना देखिएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनको सल्लाहमा विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक रामाशिष यादवले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले गत वैशाख ३ गते सूचना जारी गरी कोरोना संक्रमण देखिएका विद्यालय कम्तिमा एक साताको लागि बन्द गर्न निर्देशन दिएको थियो ।महानगरले संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्य मापदण्डका नियम कडाईका साथ पालना गरी पठनपाठन गर्न निर्देश गरिसकेको छ ।

यसअघि प्रर्दशी मार्गमा रहेको पद्मोदय माध्यामिक विद्यालय, नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालय र चावहिलमा रहेको मित्र आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिसकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका तीन जिल्लासहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लाको सूचिमा राखेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal