After SEE Portal

राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि अल्पसूची सार्वजनिक

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि अल्पसूची सार्वजनिक गरेको छ ।

प्राडा। अमरप्रसाद यादव, फुलबरिया ४ सिराहा, प्राडा कृपाराम मेहता, बबिया  ८ सुनसरी, प्राडा देवबहादुर खड्का, सन्धिखर्क  ६ अर्घाखाँची,  प्राडा महानन्द चालिसे, रत्ननगर– ९ चितवन, प्राडा। विद्यासागर बर्मा, जलेश्वर– १३, महोत्तरी र  प्राडा क्षितिज उपाध्याय ढुंगेल, जनकपुरधाम, धनुषालाई अन्तर्वार्तका लागि बोलाएको छ ।

सिफारिस समितिको कार्य सम्पादन सम्बन्धी कार्यविधि, २०७९ू को दफा ९ बमोजिममा  अन्तर्वातका लागि बोलाएको हो ।

छनोटमा परेका  उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तरवार्ता कार्यक्रम असार पाँच् गते मंगलबार हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ।

सो विश्वविद्यालयको उपकुलपति भएपछि विश्वविद्यालयको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सम्बन्धी सोचपत्र तथा ४ वर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवम् अन्तरवार्ताका लागि १५ मिनेट अवधिको प्रिजेन्टेसन समेत लिई तोकिएको समय भन्दा कम्तीमा एक घण्टा अगावै उपस्थिति हुनका लागि सूचना जारी गरेको छ । 

A Levels MA