After SEE Portal

रेलवे जनशक्ति माग गरिएको पत्र घुमेको घुमै

Bridge Course

रेलवे अध्यापक तथा प्राविधिक माग गरिएको पत्र श्रम मन्त्रालयमा अड्किएको छ । 

मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयले बीई सिभिल इन्जिनियरिङमा एउटा सेमेस्टरमा रेलवे इन्जिनियरिङबारे विषय समावेश गरिएको छ । सो विषय अध्यापन गर्ने शिक्षक र प्राविधिक जनशक्ति स्वदेशमा उपलब्ध नभएपछि विश्वविद्यालयले भारत सरकारसँग त्यस्ता जनशक्ति उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत माग गरेको थियो । 

शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगसँग राय माग गरेको थियो । आयोगले सकारात्मक जवाफ दिएपछि रायका लागि श्रम मन्त्रालयमा पत्र पुगेको छ । तर निकै समयदेखि पत्र त्यही अड्किएको छ ।

सो विश्वविद्यालयका प्राध्यापक दीपेन्द्र श्रेष्ठले नेपालमा रेलवे विषय अध्यापन गर्ने विशेषज्ञ नपाएपछि भारत सरकारसँग माग गर्न लागिएको जानकारी दिँदै भने, “नेपालमा पहिलो पटक रेलवेका बारेमा कोर्स समावेश गरिएको हो । एउटा सेमेस्टर अध्यापन गरिनेछ । विशेषज्ञ नभएकाले भारत सरकारसँग अनुरोध गर्न खोजेका हौँ । तर कहिले कता कहिले कता पत्र अड्किने रहेछ । छिटो भइदिए हुन्थ्यो भन्ने लागेको छ ।”

विश्वविद्यालयले रेलवे इन्जिनियरलगायत १५ जना जनशक्तिको माग गरेको छ । उनीहरुको आवास विश्वविद्यालयले नै व्यहोर्ने तर पारिश्रमिक हाल कार्यरत भारतकै संस्थाबाट व्यहोर्ने गरी अनुरोध गरिएको छ । 

इन्जिन माग

मनमोहन प्राविधिक विश्वविद्यालयले बीई सिभिलमा अध्यापन गर्न जनकपुरमा बेवारिसे रहेकामध्ये एउटा इन्जिन माग गरेको छ । जनकपुरमा पुराना सात वटा इन्जिन बेवारिसे छन् ।

विश्वविद्यालयका प्राध्यापक श्रेष्ठले प्रयोगशालाका लागि एउटा इन्जिन माग गरिएको जानकारी दिए । विश्वविद्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सो माग गरेको हो ।

सो विश्वविद्यालयले पहिलो पटक बीई सिभिल, बीई इलेक्ट्रोनिक्स र बी फर्माको पठनपाठन सुरु गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books