After SEE Portal

प्रभावकारी बन्दै रेडियो शिक्षणसिकाइ कार्यक्रम

Bridge Course

कोरोना सङ्क्रमणका कारण देशैभरका विद्यालय बन्द गरिएको छ । अधिकांश स्थानीय सरकारले विभिन्न स्थानमा रहेका मानिसलाई आफ्नो गाउँमा लिएर गएपछि विद्यालयलाई नै क्वारेन्टिनका रुपमा प्रयोग गरेका छन् । कोरोनाको सङ्क्रमण कहिले सकिन्छ भन्ने अन्योल यथावत नै रहेका बेला सल्यानमा सञ्चालन गरिएको रेडियो स्कुल कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकालाई लक्षित गरी तयार पारिएको कार्यक्रमप्रति विद्यार्थी तथा अभिभावकको चासो बढ्दै गएको पाइएको छ ।

रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यान मार्फत सञ्चालित साक्षरता कार्यक्रम उत्पादन तथा प्रशारण गरिएको कार्यक्रम प्रभावकारी देखिएको हो ।

राससका अनुसार कार्यक्रममा सहभागी हुने, आफ्ना रचना जस्तै कथा, कविता, बालगीत रेडियोबाट सुनाउने र रेडियोबाट गृहकार्य दिईने तथा घरैमा अभिभावकबाट ती गृहकार्यको जाँच हुने भएपछि बालबालिका रेडियो स्कूल कार्यक्रम सुन्दै रमाई रमाई पढ्न थालेका हुन् ।

शारदा नगरपालिका वडा नं.१३ को सिर्जनशील आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत निरुता घर्तीले रेडियो स्कूलमा सहभागी भएर आफूले रचना गरेका रचनाहरु सबै साथीहरुको माझमा राख्न पाउदा खुसी लागेको बताइन् । । ‘घरमा नै बसेर रेडियोबाट पढ्न पाउदाँ खुसी लागेको छ ।’ उनले भनिन्, ‘बरैमा त्यतिकै बस्दा खेल्न त पाइन्छ तर पढ्न पाइँदैन तयसैले रेडियोले दिएको गृहकार्य गरेर आामालाई देखाउँछु ।’

छत्रेश्वरी गाउँपालिका वडा नं. ५ पोखराको कालिका प्राथामिक विद्यालयका प्रधानाध्यापक बालाराम वलीले घरैमा बसेर सिकाइ हासिल गर्न रेडियो स्कूल कार्यक्रम फलदायी भएको बताए । हरेक बालबालिकाले कार्यक्रम सुनेर सहभागी हुने गरेको बताउदैँ उनले आफूले पनि नियमित रुपमा कार्यक्रम सुन्दै आएको सुनाए ।

रेडियो स्कूल कार्यक्रमलाई विषयगत रुपमा सञ्चालन गर्न सके अझै राम्रो हुने उनको भनाई छ । रेडियो स्कूलमा दैनिक प्रत्यक्ष आधा दर्जन बालबालिका र अप्रत्यक्ष रुपमा रेडियो सुनेर सहभागी हुने गरेको कार्यक्रम सञ्चालक शिव डाँगीले जानकारी दिए । उनले लकडाउन कारण घरमा बसेका बालबालिकाहरुलाई रचनात्मक र सिर्जनशील तथा पढ्ने बानीको विकास गर्न रेडियो स्कूलले सयहयोग गरेको बताए ।

रुम टु रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले बालबालिकाहरुलाई घरमा नै बसेर पढ्न मिल्ने वातावरणको सिर्जना गर्न रेडियो स्कूल कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा कक्षा पाँच सम्म अध्ययनरत करिब १० हजार बालबालिका सहभागी हुने गरेको जानकारी दिए ।

A Levels MA