After SEE Portal

क्वेष्ट अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Bridge Course

विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यार्थी गुणीय चक्र (क्वेष्ट) नेपालद्वारा आयोजित विद्यार्थी गुणीय चक्रको २३ औँ अन्तर्राष्ट्रिय सम्मेलन सेन्ट जेभियर्स स्कुल, गोदावरीमा सुरु भएको छ ।

सम्मेलनमा भारत, बंगलादेश, श्रीलङ्का र मरिससबाट ९९ जना तथा नेपालको झापादेखि सुर्खेतसम्मका विभिन्न २० वटा हब सम्मेलनमार्फत छनोट भएका सामुदायिक तथा निजी विद्यालयका ६७६ विद्यार्थी, पर्यवेक्षक, शिक्षक, प्रधानाध्यापक तथा शिक्षाविद्ले सहभागिता जनाएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधमायाकुमारी यादवले संसारभर उत्कृष्ट क्षमता देखाउन विश्व व्यापीकरणले नेपाललाई समेत अवसर प्रदान गरेको बताइन् । उनले विभिन्न देशबाट नेपालमा विद्यार्थी आउन सुरु भएको तथा प्रतिभा पलायन रोक्नु राज्यको दायित्व भएको बताउंदै बन्दै गरेका ऐन कानुनले दीर्घकालमा सबैलाई लाभ हुने विचार व्यक्त गरिन् ।

आइतबारसम्म जारी रहने सम्मेलनमा मामला–अध्ययनको प्रस्तुति, समूहगत छलफल, मनशा स्मृति सर्वगुणीय व्यक्ति अवार्ड, कार्यपत्र प्रस्तुतीकरण, कोलावोरेटिभ आर्ट एण्ड कोलाज, कोलावोरेटिभ स्टोरी फर्मेशन, कोलावोरेटिभ एस.क्यु.सी. ट्रेजर हन्ट, ध्यानसम्बन्धी कार्यशाला, फोटोग्राफीसम्बन्धी कार्यशाला, साहित्य कार्यशाला, सांस्कृतिक आदानप्रदान लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

विद्यार्थी गुणीय चक्र विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम हो र यो सन् २००५ देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा नवीनतम शैक्षिक आन्दोलनको रुपमा लागू भइरहेको छ । हाल १३० भन्दा बढी विद्यालयमा सहपाठ्यक्रमको रुपमा विद्यार्थी गुणीय चक्र सञ्चालन तथा पठनपाठन भइरहेको छ । विद्यार्थी गुणीय चक्रको अवधारणा सन् १९६२ देखि जापानको उद्योगमा वस्तु तथा सेवाको गुणस्तरण अभिवृद्धि गर्न लागू गरिएको गुणीय चक्रबाट लिइएको हो । विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा बढी देशमा लोकप्रिय रहेको छ ।            

 

A Levels MA
Thuprai - Books and E-books