After SEE Portal

क्वेस्ट इन्टरनेसनल कलेजले क्यूएए  प्रमाणपत्र पायो

Bridge Course

 क्वेस्ट इन्टरनेसनल कलेजलाई  विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए)  प्रमाणपत्र प्रदान गरेको छ ।

ललितपुरको ग्वार्कोमा अवस्थित सो कलेजले सन् २०२० को अगष्टमा युजीसीबाट आशयपत्र (एलओआई) प्राप्त गरेको थियो । 

युजीसीले तय गरेको मापदण्ड पास गर्दै कलेजले   क्यूएए पाएको  छ । कलेजले आफ्नो शैक्षिक कार्यक्रम, सुविधा र समग्र पूर्वाधार विकास गरी सो प्रमाणपत्र पाएका जनाएको छ ।

क्यूएए प्रमाणीकरण क्वेस्ट इन्टरनेसनल कलेजका संकाय, कर्मचारी र व्यवस्थापनको अथक प्रयासका कारण प्राप्त गर्न सकेको कलेजका प्रिन्सिपल उदयराज पौडेलले  बताए ।  कलेजले पुनः  लगनशील भएर आफ्नो स्थापनाको उद्देश्य कायम गर्दै आफ्नो स्तर जोगाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

कलेज आफ्नो गुणस्तरीयता  र विश्वसनीयता कायम राख्दै आफ्नो स्तर कायम राखन प्रतिवद्ध भएको उनले बताए । प्रिन्सिपल पौडेलले यूजीसीले गरेको मार्गदर्शन र सहयोगका लागि आभार व्यक्त गरे । उनले क्यूएए प्रमाणीकरणद्वारा निर्धारित मापदण्डहरू कायम राख्न आफ्नो प्रतिबद्धता पनि दोहोर्याउदै भने, ‘कलेज  भविष्यका कर्णधार विद्यार्थी उत्पादन गर्न आफ्नो  मिशनलाई कायम राख्न कटिबद्ध छ ।’

A Levels MA