गुणस्तर सुधारका लागि क्वालिटी भएका शिक्षक

शिक्षकले बदलिदो परिवेश सुहाउँदो क्षमताको विकास गर्नुपर्नेमा एक कार्यक्रमका  वक्ताले जोड दिए । विश्व शिक्षक दिवसका अवसरमा महिला शिक्षक समाजले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बदलिदो परिवेशसंगै शिक्षक अभ्यस्त हुन सके शिक्षाको गुणस्तर नखस्कनेमा जोड दिएका हुन्  ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियाले सो कार्यक्रममा आफ्नो धारणा राख्दै महामारीले तहसनहस भएको शिक्षा क्षेत्रको व्यवस्थापन गर्न क्षमतावान, जिज्ञासु शिक्षक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

आइसिटी सम्बन्धी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मास्टर प्लान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्र प्रस्तुत गर्दै डा। हरिप्रसाद लम्सालले परम्परागत रुपमा शिक्षण गर्ने पद्धतिलाई आमूल परिवर्तनको आवश्यकतामा जोड दिए । ‘प्रविधिले चुनौति थपेको हुँदा आइसिटीमा शिक्षक अभ्यस्त हुनुपर्छ ।’ उनले भने, ‘क्वालिटी टिचरको आवश्यकता छ, क्राइसिसमा अझबढी टिचर क्वालिटीको आवश्यकता पर्छ ।’

युनेस्को काठमाडौंका बलराम तिमल्सिनाले महामारीका कारण विश्वका १६ देशका विद्यालय बन्द रहेको जानकारी दिए । उनले सो कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय खुलेका देशमा पनि शिक्षकले खेल्नु पर्ने भूमिका पहिलाको तुलानामा गुणात्मक रुपमा बढेको उनले धारणा राखेका थिए । ‘सिफ्टमा पठनपाठन गर्नका लागि विद्यालयलाई शिक्षकको आवश्यकता पर्छ, त्यसैले स्थानीय तहले पनि शिक्षक व्यवस्थापन गर्ने बाटो खोल्नु पर्छ ।

सबै क्षेत्रमा महिला सक्षम भए पनि सही मूल्याङ्कन नभएको महिला शिक्षक समाजका उपाध्याक्ष कुमारीकमला राइले बताइन् । ‘हामीले चलाएका विद्यालय अब्बल छन्, सबैका भन्दा राम्रा छन् तर सही मूल्याङ्कन भएन ।’ उनले भनिन्, ‘महिला शिक्षक समाजले शिक्षकलाई प्रविधिमैत्री सिकाइमा प्रविधि भित्र्यायो, अहिले शिक्षक प्रविधिमैत्री बन्दै गएका छन् ।’

कार्यक्रममा अफ्नो कार्यपत्र प्रस्तुत गर्दै नन्दी माविका प्रधानाध्यापक गिता काफ्लेले इमेल आइडी बनाउन सम्म नसक्नेलाई तालिम तथा एकले अर्कोलाई सिकाएर अहिले सिकाइमा पोख्त भएको धारणा राखिन् ।कक्षा कोठाको अभाव, शैक्षिक सामग्री व्यवस्थापन गर्ने ठाउँको अभाव, एउटै कक्षा कोठमामा  ६० जना  विद्यार्थी राखेर पढाउनु पर्ने सामुदायिक विद्यालयको विडम्बना रहेको अर्का प्रधानाध्यापक नारायणी तिमिल्सिनाले बताइन् । 

Thuprai - Books and E-books