After SEE Portal

गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता

Bridge Course

पोखरा, २ माघ (रासस) ः गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । 

पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा ६०औँ अभिभावक दिवस समारोहको आज उद्घाटन गर्दै उहाँले समयसापेक्ष रुपमा प्रविधिमा आधारित व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

उपसभामुख शर्माले पछिल्ला समयमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको बताउँदै सङ्ख्याप्रति भन्दा पनि गुणस्तरीय शिक्षाका लागि चिन्तन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रत्येक सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि सोचमा परिवर्तन ल्याउनु आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । 

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले समयको गतिसँगै प्रविधिमैत्री शिक्षा आवश्यक भएको उल्लेख गर्दै त्यसका लागि प्रत्येक शिक्षकले आफूलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद आचार्यले स्थापनाको ५९औँ वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोह–अवरोह पार गरेको बताउँदै विद्यालयको समग्र उन्ननयनमा पूर्वविद्यार्थी, अभिभावक सबैको सामूहिक प्रयास आवश्यक हुने धारणा व्यक्त गर्नुभयो । 

प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्नुभयो । 

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मी आचार्य, महानगर शिक्षा परिषद्का सदस्य धनराज आचार्य, विद्यालयका पूर्वप्रअ कमलप्रसाद आचार्य लगायतले विद्यालायले कास्की दक्षिण भेगको शैक्षिक विकासमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । 

उक्त अवसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै शिक्षकलाई सम्मान गरिएको थियो । 

A Levels MA