CMAT

क्युएए  पायो बर्नहार्ट कलेजले

Bachelors Portal

 

काठमाडौं बर्नहार्ट कलेजलाई विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको गणुस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)  प्रदान गरेको छ । 

कलेजले गुणस्तर मूल्याङ्कनका सबै चरणहरु सफलतापूर्वक पूरा गरेको हुनाले आयोगले क्युएए प्रदान गरेको कलेजले जानाकरी दियो । 

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त कलेजलाई आयोगले हालै क्युएए प्रदान गरेको हो । गुणस्तरीय उच्च शिक्षा प्रदान गरेको हुनाले आयोगले कलेजलाई क्युएए प्रदान गरेको कलेजले आज पत्रकार सम्मेलन गरी जानकारी दियो ।

पत्रकार सम्मेलनमा वितरित प्रस विज्ञप्तिमा भनिएको छ ‘कलेजको उद्देश्यमा थप उत्साह र मनोवल प्राप्त भएको हामीले महशुस गरेका छौं । यस अवसरमा क्युएए प्रमाणित हुने यस महान कार्यको यात्रामा हातेमालो गरेर अहोरात्र मेहनत र सहयोग गर्नुहुने कलेज व्यवस्थापन समितिका पदाधिकारीहरु, प्राध्यापकहरु, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण सरोकारवाला महानुभावहरुमा हार्दिक कृतज्ञता सहित आभार प्रकट गर्दछौं ।’

विज्ञप्तिमा भनिएको छ क्युएए एक साधन हो तर साध्य होइन किनकी गुणस्तर एउटा निरन्तर प्रयास हो। २०६० सालमा स्थापना भएको बर्नहार्ट कलेजले स्थापना काल देखि गुणस्तरमा ध्यान दिँदै आएको छ फलस्वरूप यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट लिईने बोर्ड परीक्षामा समेत बोर्ड फस्ट हुन सफल भएको छ । 

बीसीए प्रथम सेमेस्टरको बोर्ड परीक्षा मा यस कलेजका विद्यार्थीहरु शत प्रतिसत उत्तीर्ण भएको कलेजले जानकारी दियो । अहिले पनि कलेजको औसत उपलब्धी ८० प्रतिसत भन्दा माराम्रो छ ।

यस कलेजमा अध्ययन अध्यापनको अलावा विभिन्न किसिमका अतिरिक्त कक्षाहरु, विभिन्न तालिम लगायत अन्य अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएको छ । कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गन हालै राष्ट्रिय स्तरको ब्रेन ह्याक ¬२०२० सञ्चालन गरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो कार्यक्रमको पर्यवेक्षकको रुपमा मेजर लिग ह्याकका  प्रतिनिधि र आइटी एक्सपोट बेलायत र भारतबाट आएका थिए । कलेजले हरेक कक्षा कोठामा मल्टिमिडियाको प्रयोग गर्ने गरेको छ ।

विद्यायार्थीहरुलाइ सिर्जनात्मक कार्यमा सरिक गराई समूह छलफल, प्रदर्शन, र परियोजना कार्यमा सरिक गराउभ्दै आएको छ । भौतिक संरचना, सुद्ध खानेपानी ( तातो, चिसो), व्यवस्थित पुस्तकालय, बार्षिक क्यालेण्डर, इ लाइब्ररी, लग बुक व्यवस्थित ल्याब रहेका छन् रणनीतिक योजना, मानव संशाधन विकास योजना , अनुसन्धान, म्यानुअल लगायत विभिन्न कमिटिहरु गठन गरिएको छ । कलेजले चाँडै रिभ्यु जर्नल प्रकासित गर्ने भएको छ । 

Thuprai - Books and E-books
I Tech store