After SEE Portal

गैर कानुनी रुपमा पाठ्य सामाग्री छपाई गर्ने प्रकाशन गृह कारबाहीमा (साप्ताहिक शैक्षिक गतिविधि साउन २३–२९)

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले अनुमति नलिई कक्षा १२ को पाठ्यसामाग्री छपाई गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने भएको छ । केन्द्रको अनुमति नै नलिई पाठ्य सामग्री छापेर बजारमा ल्याउने अस्मिता पब्लिकेसन एन्ड डिस्ट्री ब्युटरर्सलाई कारबाही थालेको छ ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्रीब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला परेको जानकारी दिए ।

केन्द्रको अनुगमन टोलीले अस्मिताले केन्द्रको अनुमति नै नलिई कक्षा १२ को पाठ्यसामग्री छपाई गर्ने प्रकाशन गृह कारबाही थालेको छ । अस्मिता पब्लिकेसन एन्ड डिस्ट्री ब्युटरर्सले सरकारी ऐन कानून मिचेर बलजप्ती पुस्तक छपाई गरी बजारमा विक्रीवितरण गरिरहेको रहस्य खुलेपछि पाठ्यक्रम विकास केन्द्रले कारबाही थालेको हो ।

सो प्रकाशन गृहले ललितपुरको सानेपामा रहेको बंगलामुखी प्रिन्टिङ प्रेस र काठमाडौंको समाखुशीमा रहेको प्यासेफिक प्रिन्टिङ प्रेसबाट धमाधम भौतिक विज्ञान, अर्थ शास्त्र, गणित, रसायन शास्त्र र अन्य केही विषयका पाठ्यपुस्तक छापेको भेटिएको जानकारी दिए । ‘पाठ्यक्रम विकास केन्द्रले कुनै पनि निजी प्रकाशन गृहहरुलाई कक्षा १२ को पुस्तक छपाईकोलागि अनुमति नदिइएको बताए ।

प्रकाशनले भने आफना विभिन्न छापाखानाहरुबाट धमाधम अवैध रुपमा पुस्तक छपाई गरिरहेको पाइयो। केन्द्रका निर्देशक दामोदर आचार्यका अनुसार हाल केन्द्रमा ६१ प्रकाशन गृहहरुले २६ विषयको लागि ४ सय ५० पाठ्यसामाग्री छपाईको लागि निवेदन दिएका छन्। धेरै जसो किताबहरु नयाँ पाठ्यक्रमअनुसार मेल नखाएकोले सुधारको लागि फर्काइएको तर सुधारको लागि भनी फर्काइएका किताबनै प्रकाशन गृहले पाठ्य सामाग्रीको रुपमा बिना स्वीकृति छपाई गरेको पाइएको निर्देशक आचार्यले बताए ।

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आगामी परीक्षाहरू स्थगित गर्न सिफारिस गरेपछि कक्षा १२ को परीक्षा स्थगित गर्न बसेको बोर्डको आजको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

कक्षा १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित

‘राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको भएपनि पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्दै गएको अवस्थालाई ध्यानमा राखी बोर्डले परीक्षा स्थगित गरेको हो ।

आजको बैठकले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सीसीएमसीको समन्वयमा संक्रमणको स्थितिलाई मूल्याङ्कन गरी कम्तिमा पन्ध्र ९१५० दिनको सूचना दिई परीक्षाको नयाँ समयतालिका प्रकाशन गर्ने बोर्डले जानकारी दियो ।

परीक्षार्थीले प्रवेशपत्रका आधारमा खोप लगाउन पाउने

सरकारले विभिन्न विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सहभागी परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको सचिव स्तरीय निर्णयानुसार त्रिवि लगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप  केन्द्र र मिति निर्धारण गरी खोप प्रदान गर्ने भएको हो ।

कोभिड १९ रोग विरुद्धको खोपको पहिलो मात्रा दिने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखेलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

३१ वर्ष पूरा हुँदा कक्षा ११-१२ मा पढाउने एक जना शिक्षक पनि स्थायी छैनन्

उच्च माध्यामिक शिक्षा ऐन २०४६ ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको प्रविणता प्रमाणपत्र तहलाई उच्च माविको रूपमा स्थापना गर्यो। त्यसपछि मुलुकमा २०४७ देखि उच्च मावि सञ्चालनमा आए। ३६ उच्च मावि सञ्चालनमा आएको सुरुको वर्ष एउटा पोखरामा र ३५ वटा विद्यालय काठमाडौंमा खुलेका थिए। यो शिक्षा नीति तय भएर उच्च मावि सञ्चालनमा आएको ३१ वर्ष पूरा भएको छ।  

२०५७र०५८ मा प्रविणता प्रमाणपत्र तह खारेज गरि साविकका उच्च माविका शिक्षकलाई दरबन्दीमा नियुक्त गर्ने सरकारले निर्णय गर्‍यो। तर उच्च मावि सञ्चालन भएको ३१ वर्ष पूरा हुँदा समेत साविकका उक्त तहका शिक्षकहरू एकजना पनि स्थायी दरबन्दीमा छैनन्। ‘उच्च मावि सुरु भएको ३१ वर्ष पूरा भइसक्यो, तर अहिलेसम्म साविकका उच्च माविमा पढाउने शिक्षक एकजना समेत स्थायी छैन,’ हिस्टुनका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य बिक्रम पोखरेलले भने। उनी २२ वर्षदेखि साविकको उच्च माविका शिक्षक हुन्। अहिलेसम्म पनि आफू अस्थायी शिक्षकका रूपमा कार्यरत रहेको उनको भनाइ छ।

पोखरेलका अनुसार अहिले साविकका उच्च माविमा पढाउने दुई हजार शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन्। ४ हजार अनुदानका शिक्षक रहेका छन्। नीजि स्रोतका शिक्षकको संख्या देशभर २४ हजार बढी छ । देशभर साविकका उच्च माविको संख्या ४ हजार २ सय रहेको छ। यी विद्यालयमा ६ लाख बढी विद्यार्थी पढ्दै आएको पोखरेलले बताए।  

ऐन जारी भएको तीन दशक पूरा हुँदा पनि शिक्षकको स्थायी दरबन्दीका लागि शिक्षा सेवा आयोगले परीक्षा लिएको छैन। स्थायीका लागि आयोगको परीक्षा नखुल्दा लामो समयसम्म अध्यापन गराएका केही शिक्षक उमेर हदका कारण अवकाश समेत भइसकेका छन्। हिस्टुनले शिक्षा आयोगले प्रतिष्पर्धा गराएर स्थायी दरबन्दीको प्रक्रिया थाल्नका लागि पटकपटक सरकारसँग माग गर्दै आएको पोखरेलले बताए। सरकारले आफूहरूको माग कार्यान्वयनका लागि ध्यान नदिएको उनको गुनासो छ।  

२०७२र०७३ को बजेट भाषणका क्रममा स्थायी दरबन्दीका लागि शिक्षा सेवा आयोग मार्फत परीक्षा सञ्चालन गर्ने तत्कालीन अर्थमन्त्री रामशरण महतले घोषणा गरेका थिए। तर यो घोषणा कार्यान्वयन हुन सकेन। यसैगरि सरकारी अनुदानमा रहेका ४ हजार शिक्षकलाई दरबन्दीमा कायम गर्नका लागि पनि हिस्टुनले माग गर्दै आएको छ। यो माग कार्यान्वयनका लागि पनि सरकारले चासो नदिएको पोखरेलको आरोप छ।

साताभर मध्यपश्चिम विश्वविद्यालय आन्दोलित

साताभर मध्यपश्चिम विश्वविद्यालय विवादको धेराबाट माथि उठ्न सकेन । एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपति प्राडा नन्दबहादुर सिंहको मृत्यु सम्बन्धमा’ भनेर विज्ञप्ति निकाल्यो । सो समूअलाई विश्वविदालयले साइबर अपराध मुद्दा दायर गर्यो ।

यसको खण्डन गर्दै आफू जीवितै रहेको अर्को विज्ञप्ति प्राडा सिंहले निकाले । उनी माथि अर्को दिन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट ९मुसोम०मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् । विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताए ।

A Levels MA
Thuprai - Books and E-books