राष्ट्रिय किताब खाना (शिक्षक) ले २०७९–१०–०१ देखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको छ ।
७७ ओटै शिक्षा विकास तथा समन्वय एकाईलाई सम्बोधन गर्दै । शिक्षा नियमावली २०५९, (संशोधन सहित) नियम १२६ उपनियम (घ) वमोजिम नामावदी सार्वजनिक गरेको हो ।
शिक्षकहरूको किताबखानामा रहेको वैयक्तिक विवरण फारामको आधारमा प्रविष्ट गरिएको सूचना प्रणालीबाट तयार गरिएको नामावली सार्वजनिक गरेको हो ।
कतिपय शिक्षकको नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति फरक फरक रहन सक्ने भएकाले एकाईमा भएको अभिलेखसँग भिडाई किताबखानाबाट पठाईएको अवकाश सम्बन्धि विवरणमा कुनै फरक परेमा सम्बन्धित शिक्षकबाट प्रमाण सहित पेश गर्न सूचनामा उल्लेख गरेको छ।
शिक्षा नियमावली, २०५९ (संशोधन सहित) नियम १३१ (१) वमोजिम अनिवार्य अवकास गर्न किताबखानाको पुस १ को निर्णयानुसार निदेर्शशन दिएको छ ।