After SEE Portal

पोखरा विश्वविद्यालयले रत्ननगरमा इञ्जिनियरिङ्ग क्याम्पस सञ्चालनका तयारी थाल्यो

Bridge Course

पोखरा विश्वविद्यालयले चितवनको रत्ननगरमा आङ्गिक महाविद्यालय विस्तार गर्ने भएको छ । विश्वविद्यालय र रत्ननगर नगरपालिकाको संयुक्त प्रयासमा आङ्गिक महाविद्यालय स्थापनाका लागि विश्वविद्यालयले छलफल थालेको छ ।

रत्ननगर नगरपालिका १२ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा आङ्गिक महाविद्यालयको रूपमा इञ्जिनियरिङ्ग क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयले नगरपालिका संग छलफल अघि बढाएको विश्वविद्यालयले जानकारी दियो । हाल बन्द रहेको सो विद्यालयको स्वामित्वमा रहेको २ विघा २ कट्ठा जग्गामा विश्वविद्यालयले आङ्गिक महाविद्यालय स्थापना गर्ने तयारी गरेको उपकुलपति प्राडा प्रेमनारायण अर्यालले जानकारी दिए ।

बन्द विद्यालयमा इञ्जिनियरिङ्ग क्याम्पस  फोटोः पोखरा विश्वविद्यालय

छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा अर्याल तथा रजिष्ट्रार सह–प्राध्यापक दिपकबहादुर भण्डारी, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्राध्यापक अजय थापा, योजना तथा कार्यक्रम महाशाखा प्रमुख, सह–प्रा दिपक राज पौडेल, स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्राध्यापक डा. उदयराज ढुङ्गानाको सहभागिता रहेको थियो । नगरपालिकाका प्रमुख नारायण वन, उप–प्रमुख श्रीमती विमला दुवाडीसहित नगरपालिकाका वडाका अध्यक्षको सहभागिता रहेको थियो ।

केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता

पोखरा विश्वविद्यालयको बृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय कार्यालय विस्तारका लागि छनोट भएका परामर्शदाता र विश्वविद्यालय बीच सम्झौता सम्पन्न भएको छ ।

फोटोः पोखरा विश्वविद्यालय

रू। ११ लाख ८६ हजार ५ सय लागतमा निर्माण हुने उक्त कार्य निर्माण कम्पनीले दुई महिनाभित्र सम्पन्न गरिसक्ने गरी समझौता भएको हो ।

उपकुलपति प्राडा अर्यालको उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा भण्डारी र परामर्शदाताको तर्फबाट श्री इन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पोखरा–३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुई तले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै कम्पाउण्ड वाल र प्रवेशद्वार, जग्गा विकास आन्तरिक बाटो, फुटपाथ, जल निकास, बगैंचा र पार्किङ्गस्थल आदि डिजाईनका लागि छनोट भएको निर्माण कम्पनी श्रेष्ठ ग्रिड सीएलईसी जेभी ललितपुर र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो ।

 

A Levels MA
Thuprai - Books and E-books