After SEE Portal

प्रदेश १ साक्षर घोषणा

Bridge Course

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज प्रदेश एकलाई साक्षर प्रदेश घोषणा गरिएको छ ।

उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा साक्षर प्रदेश घोषणा गरेका हुन् ।

प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले मुलुकको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यवहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए । 

स्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गरे । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले मुलुकका लागि अबको शिक्षा जागिरे मात्र होइन, व्यवहारिक हुनुपर्नेमा जोड दिए । 

सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै मातृभाषाको विकासका गर्ने धारणा व्यक्त गरे । 

सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्वेलगायतले शिक्षा मुलुकको समृद्धिको महत्वपूर्ण मेरुदण्ड रहेको र मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्नेमा सुझाव दिए । 

युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको छ । प्रदेशका १४ जिल्लामा रहेका एक सय ३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६ दशमलव ७४ प्रतिशत साक्षर छन् ।

यसअघि साक्षर घोषणको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभातफेरीले नगर परिक्रममा गरेको थियो । प्रदेश १ साक्षर घोषणा भएसंगै अब मुलुकका तीन प्रदेश साक्षर भएका छन् । बागमती र गण्डकी प्रदेश यस अघि नै साक्षर घोषणा गरिसकिएको छ । भने लुम्बिनीको कपिलवस्तुमात्र साक्षर घोषणा हुन बाँकी रहेको छ ।

A Levels MA
Thuprai - Books and E-books