After SEE Portal

शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने

Bridge Course

बागलुङको जैमिनी नगरपालिकाका शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ ।

दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

शिक्षकले शिक्षण क्रियाकलाप सञ्चालन गर्न चाहिने सामग्री खरिद गर्न उक्त कोषबाट न्यून ब्याजमा ऋण पाउने छन् । ऋण प्राप्त गर्ने शिक्षकको तलवबाट मासिक निश्चित रकम काटेर नियमित ऋण असुली गर्ने योजना रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

शिक्षकलाई आवश्यक पर्ने ल्यापटप जस्ता व्यक्तिगत सामग्री खरिद गर्न ऋण प्राप्त हुनेछ । नगरपालिकाले कमाउँदै पढ्दै गर्ने अवधारणा अघि बढाउने र त्यसका लागि विद्यालयमा करेसाबारीको व्यवस्था मिलाउने जनाएको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटले योजना सम्बोधन गर्ने  छ ।

नगरपालिकाभित्रका विद्यालय एकीकरण र समायोजन अघि बढाउँदै क्रमशः सबै वडामा आवासीय विद्यालयको प्रवद्र्धन गर्दै जाने योजना सार्वजनिक गरेको उपप्रमुख शर्माले बताए । 

A Levels MA