After SEE Portal

वुधबार बढुवा खुल्दै

Bridge Course

शिक्षक सेवा आयोगले भोलि शिक्षक पदका लागि बढुवा खुला गर्ने भएको छ । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीका लागि बढुवा खुला हुनेछ ।

आयोगका अनुसार आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत)तर्फ ८६७ पद सङ्ख्या बढुवा खुला गरिँदैछ ।

त्यस्तै कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत)तर्फ दुई हजार ६२२ पद सङ्ख्यामा बढुवा खुला हुँदैछ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले आन्तरिक प्रतियोगितात्मकतर्फ ३० दिनसम्मको म्याद हुने र त्यसपछि दोब्बर दस्तुर बुझाएर थप सात दिनसम्म आवेदन दिनसकिने बताए । कार्य सम्पादन मूल्याङ्कनका लागि ३५ दिने म्याद दिइनेछ ।

आयोगका अनुसार प्राथमिक द्वितीयका लागि सात सय रुपियाँ र प्रथमका लागि एक हजार रुपियाँ, निम्न माध्यमिक द्वितीयका लागि एक हजार र प्रथम द्वितीयका लागि एक हजार दुई सय रुपियाँ तथा माध्यमिक द्वितीयका लागि एक हजार दुई सय रुपियाँ र प्रथमकका लागि एक हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ ।

 

A Levels MA