After SEE Portal

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा. डा. लालुप्रसाद पौडेल

Bridge Course

१८ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा भूगर्भ शास्त्र केन्द्रीय विभाग प्रमुख प्रा. डा. लालुप्रसाद पौडेलको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सिफारिस समितिले पौडेलको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो । यस्तै सदस्यमा शिक्षा शास्त्र संकाय अन्र्तगत शैक्षिक योजना तथा व्यवस्थापन विशेष समितिका अध्यक्ष हेमराज ढकालको नाम सिफारिस भएको छ ।

सरकारले १४ साउनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भौतिक शास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा सदस्य रहेको सर्च कमिटि गठन गरेको  थियो । 

कर्मचारी छनोटमा अनियमिता गरेको भन्दै तत्कालीन अध्यक्ष चैतन्य शर्मासहितका पदाधिकारीहरुविरुद्ध अख्तियारले मुद्दा हालेपछि त्रिवि सेवा आयोग पदाधिकारीविहीन थियो ।  आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा अध्यक्ष शर्मा र पोखरेल सहित आयोगका पदाधिकारी र कर्मचारी गरी १० जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पदाधिकारी नहुँदा भदौ ४ देखि असोज १ का लागि तोकिएको विभिन्न विषयका उपप्राध्यापकको परीक्षा अन्योलमा थियो ।

यसैबिच विश्वविद्यालयहरुका उपकुलपति लगायतका पदाधिकारी नियुक्तिको सिफारिस गर्न सरकारले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सर्च कमिटि गठन गरेको छ । विदेश उड्नु अघि प्रधानमन्त्रीले सर्च कमिटि गठनको निर्णय गरेका श्रोतले जनाएको छ ।

A Levels MA