
वैकल्पिक माध्यमबाट सिकाइसहजीकरण गर्दा साइन्स, म्याथ र नेपाली पढ्न र पढाउन समस्या भएको तथ्य सार्वजनिक गरिएको छ ।
नेपालको विद्यालय शिक्षामा कोभिड–१९ को असर” सर्वेक्षण प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको हो ।
युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर गरेको सर्वेक्षणमा उक्त तथ्यांक फेला पारिएको आज सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अध्ययनमा विषम परिस्थितिमा सञ्चालन गरिएको वैकल्पिक सिकाइ अन्तगरगतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको, विचैमा प्राविधिक समस्या उत्पन्न भई सुन्नै नसकिने लगायतका समस्या विद्यार्थीले औँल्याएका थिए । विद्यालयमा प्रविधिको पहुँच न्यून देखिएको । सो अध्ययनमा ७४ प्रतिशत विद्यार्थी मोवाइल, २६ प्रतिशत ल्यावटप, ११ प्रतिशत डेस्क्सटपबाट अनलाइक कक्षामा सहभागी भएको उल्लेख गरिएको छ ।
अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान गरिरहेकी डा उमा प्रधानले प्रस्तुत गरेको सो प्रतिवेदनमा ८१ प्रतिशतमा इन्टरनेट तथा डाटा मार्फत सहभागी र बाँकी विद्यार्थीको अनलाइन कक्षामा पहुँच नभएको तथ्य सो अध्ययनले सार्वजनिक गरेको छ ।
त्यसमा पनि ८० प्रतिशत बालबालिकाले मोबाइल अभिभावकबाट सेयर पढ्ने गरेको, पहिलो बन्दाबन्दी पछि अत्याधिक विद्यार्थीले मोबाइल तथा इन्टरनेट प्रयोग गर्ने गरेको , रेडियो र टेलिभीजन प्रयोगमा नआएको र विद्यार्थीमा मनोसामाजिक तथा आँखामा समस्या देखिएको औँल्याएको छ ।
पहिलो चरणमा ललितपुरका चार वडा मा गरिएको सो अध्ययनले अपा.ग तथा कठिनअवस्थामा रहेका बालबालिकालाई वैकल्पिक सिकाइले नसमेटेको प्रतिवेदनले औँल्याएको छ । दोस्रो चरणमा विद्यार्थीलाई गरिएको अध्ययनमा अनुसन्धान कर्ताले विद्यार्थीलाई चिठी लेख्न लगाएका थिए । सो अध्ययनमा ४०० वटा चठी अनुसन्धान कर्ताले प्राप्त गरेको थिए ।
दोस्रो विद्यालय खुलेपछिको विद्यार्थीको अनुभव अनलाइन मार्फत् डाटा संकलन गरिएको । थियो । कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भएको सो अध्ययनमा अधिकांश बालबालिकाले वैकल्पिक सिकाइमा पहुँच पुुग्न नसकेको धारणा व्यक्त गरेका थिए ।
सो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा प्रस्तुत गरिएको वृत्तचित्तमा सरकारी विद्यालयमा राम्रो पढाइ भए पनि अनलाइन कक्षामा राम्रो बुझ्न नसकिएका बताएका छन् । सो सर्वेक्षणमा सहभागी अर्का विद्यार्थीले इन्टरनेटको क्षमता राम्रो भएमा भौतिक उपस्थितिमा र अनलाइनमा फरक नपर्ने बताएका छन् ।
युनिसेफका दिपु शाक्य अनुसन्धान ललितपुर केन्द्रित भएको हुनाले देशभर सामान्यीकरण गर्न नहुने बताए । प्राथमिक तहका बालबालिकालाई अनलाइन कक्षा कस्तो छ भन्ने विषयमा गहन अनुसन्धान गर्नु पर्नेमा उनले जोड दिए । गाउँका बालबालिकाको अनलाइनमा पहुँच नभएकाका दुखद अवस्था रहेको उनले प्रकश पारे ।
वालमनोसामाजिक समस्याका साथै आँखामा समस्या देखिएको हुँदा अभिभावकले विशेष ख्याल गर्नुपर्ने अधिकांश सहभागीले जोड दिए ।
अपांगता भइका बालबालिकाहरु वैकल्पिक शिक्षाबाट बञ्चित भएको कार्यक्रममा सहभागी नुपुर भट्टचार्यले बताइन् ।
उनले यो विषम परिस्थितिमा बालबालिका दुव्र्यवहारको सिकार भएका र यस्ता दुव्यर्ववहारबाट बचाउने र विषम अवस्थाका बालबालिकालाई कसरी शिक्षाको पहुँचमा पुर्याउने भन्नेमा अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिइन् ।
सामुदायिक विद्यालय महासंघका अध्यक्ष कृष्ण थापाले १३ देखि १५ प्रतिशत विद्यार्थीको मात्र अनलाइन कक्षामा पहुँच पुगेको बताए । उनले अनलाइन कक्षामा पनि शिक्षकले निरन्तर पढाइ रहँदा प्रभावकारी नभएको र तल्ला साना कक्षाका बालबालिकाका लागि ज्यादै कष्टप्रद भएको उनले बताए ।
अभिभावक केन्द्रित कार्यक्रम नभएको, शिक्षक अभिभावक, अअभिभावक, शिक्षक र विद्यार्थीलाई जोड्न नसकिएको बताए ।
विषम परिस्थितिमा शिक्षकहरुका समस्या उठान कसैले नगरेको शिक्षक महासंघका विवादित अध्यक्ष बावुराम थापाले बताए । सबै ठाउँमा केन्द्रीकृत रुपमा बनाइएको योजनाको काम नभएको शिक्षक नेता थापाले बताए । उनले यो विषम परिस्थितिमा बालबालिकाको सिकाइलाई निरन्तर राख्न सरकारले बजेटमा नै विशेष प्राथमिकता दिनु पर्ने बताए ।
सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताले पछिल्लो समय अधिकांश बालबालिका साइबर क्राइमको सिकार भएको बताए ।
शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले असहज परिस्थितिमा बालबालिकालाई कसरी सहभागी गराउने भन्ने विषय प्रमुख भएको बताए ।