After SEE Portal

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

Bridge Course

कर्णालीको अधिकांश स्थानमा ब्रेल पाठ्यपुस्तक उपलब्ध नहुँदा विशेष बालबालिकालाई सिकाइमा समस्या देखिएको छ । जुम्लाको जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) बालबालिकाको सिकाइमा समस्या देखिएको हो ।

राससका अनुसार सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुलाई समस्या भएको हो । अहिलेसम्म विद्यालयमा पाठ्यपुस्तक नआएकाले समस्या भएको सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले बताए । सामान्य बालबालिकाका लागि पर्याप्त मात्रामा पाठ्यपुस्तक भएपनि दृष्टिविहीन विद्यार्थीका लागि विद्यालय तथा अन्य कुनै माध्यमबाट पाठ्यपुस्तक नआएको हुँदा आफूहरुलाई समस्या भएको उनले बताए । उनले पाठ्यपुस्तक नै नभएकाले कक्षा ११ र १२ को हालसम्म पठनपाठन हुन नसकेको उनले गुनासो गरे ।

उक्त विद्यालयका स्रोत शिक्षक दत्तबहादुर बुढाले कक्षा ११ को पाठ्यपुस्तक आइनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको भन्ने खबर आएको जानकारी दिए । उनका अनुसार दृष्टिविहीनहरूको अध्ययनको सहारा ब्रेल पाठयपुस्तक समयमै नआउने र पटक–पटक विद्यार्थीमा यो पीडा दोहोरिएको छ । यस वर्ष कोरोनाका कारण समयमै पाठ्यपुस्तक विद्यालयमा जान ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले सबैको हातमा पाठ्यपुस्तक पुर्याउने निर्णयसमेत गरेको थियो ।

“नेपाल नेत्रहीन सङ्घ र नेपाल दृष्टि कल्याण सङ्घले पाठ्यपुस्तक छापिरहेका छन् । सामान्यतया गत वर्ष छापिएको कक्षा ११ पाठ्यपुस्तक अहिलेसम्म आउन सकेको छैन ।” उनले भने, “हामीले गत वर्ष साथीहरूको फोन र समन्वयका भरमा अध्ययन गरेका थियौँ । अहिले पनि पाठ्यपुस्तक नआउँदा समस्या भएको छ ।”

सङ्घका पूर्वअध्यक्ष नरबहादुर लिम्बूले पाठ्यपुस्तक नछापिएकाले देशभरका ती तहमा अध्ययन गर्ने विद्यार्थी अन्योलमा भएको जानकारी दिए । उनले कक्षा ११ र १२ मा सरकारले ब्रेल पाठ्यपुस्तक तयार नगर्दा विशेषबालबालिका मर्कामा परेको उनले धारणा व्यक्त गरे ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिव्या दबाडी सरकारले कक्षा १० सम्ममात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि नबढाएको जानकारी दिइन् । उनका अनुसार सरकारले ११ र १२ को ब्रेल पाठ्यपुस्तक हालसम्म छाप्ने योजना राखेको छैन ।

A Levels MA
Thuprai - Books and E-books