निजी विद्यालयले शुल्क नलिने

नवलपरासी बर्दघाट–सुस्ता पश्चिमका निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् ।विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० पश्चिम नवलपरासीका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिनुभयो । “विद्यालयले लिने गरेको मासिक शुल्क, कम्युटर, यातायातलगायतका कुनै पनि शुल्क विद्यालय पूर्णरुपमा सञ्चालन नभएसम्म नलिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।

वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक सम्बन्धित विद्यालयले आफैँ स्वेच्छिक व्यवस्थापन गर्ने तर साउनदेखि सबै शिक्षकलाई बेतलबी बिदामा पठाएको अध्यक्ष गुरुङले बताउनुभयो । “बन्दाबन्दीका कारण विद्यालय बन्द रहँदा कुनै आम्दानी नभएकाले शिक्षकको पारिश्रमिक भुक्तानी गर्न निजी विद्यालयलाई समस्या छ, उक्त अवधिको पारिश्रमिक स्वेच्छिक व्यवस्थापन गर्ने जिम्मेवारी विद्यालयले लिएका छन्”, उहाँले भन्नुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal