After SEE Portal

कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रधानाध्यापकहरुलाई समावेशी शिक्षा तालीम

Bridge Course

कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रधानाध्यापकहरुलाई समावेशी शिक्षा तालीम प्रदान गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्रको आयोजनामा सञ्चालित दुईदिने तालीममा समावेशी शिक्षा कार्यान्वयनका लागि आवश्यक छलफल गरिएको छ ।

तालीममा गाउँपालिकाका प्रमुख युवराज कुँवरले अपाङ्गता परिचयपत्र वितरणमा कानूनी प्रावधानहरु नै बाझिएको देखिएकाले केही समस्या आएको बताउनुभयो । “परिचयपत्र वितरण प्रक्रियामा धेरै समस्या वा असामञ्जस्यता देखिएको छ”, कुँवरले भन्नुभयो, “परिचयपत्र वितरण प्रणालीमा चुस्त, व्यवस्थित र एकरुपता कायम गराउन अपाङ्गताका क्षेत्रमा क्रियाशील सङ्घसंस्थालाई स्पष्ट मार्गनिर्देशनको आधार तयार गर्नुहोस् ।”

जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख एवं कार्यक्रमका अध्यक्ष नारायण सुवेदीले अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा कसरी गराउने भन्ने विषयमा तालीमले धेरै हदसम्म आधारहरु प्रदान गरेको बताउनुभयो । उहाँले सिकेको सीपलाई सार्थकता दिन प्रअहरुलाई आफैँबाट परिवर्तन हुँदै नतिजा उन्मुख हुन आग्रह गर्नुभयो । 

तालीममा स्वावलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले परम्परावादी सोच र मानसिकताले नै अपाङ्गताको क्षेत्रमा काम गर्न गाह्रो भइरहेकाले यसलार्ई तोड्न सामूहिक ऐक्यबद्धताको खाँचो रहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गर्न र पढ्ने वातावरण निर्माण गर्न उहाँले सरोकारवालालाई आग्रह गर्नुभयो ।

तालीममा गाउँपालिकाका शिक्षा प्रमुख बलराम भुवाई, स्वावलम्वन जीवन पद्धति केन्द्रका महासचिव अञ्जना केसी, ह्युम्यानिटी एण्ड इन्क्लुजनका समावेशी शिक्षा अधिकृत धनबहादुर राई, सबैका लागि पढाइ कार्यक्रमका समावेशी शिक्षा अधिकृत लोकबहादुर गुरुङले समावेशी शिक्षाका विविधि विषयमाथि सहजीकरण गर्नुभएको थियो ।

तालीममा नागडाँडा, वीरेठाँटीलगायत चार केन्द्रअन्तर्गतका विद्यालयका प्रधानध्यापकको सहभागिता रहेको थियो । तालीमले बालबालिकामा भएको प्रारम्भिक लक्षणको पहिचान गर्ने÷गराउने वातावरण निर्माण गर्दै कम्तिमा त्यस्ता बालबालिकालाई विद्यालयमा ल्याउन सहज वातारवरण बनाउन आफूहरुले सकारात्मक भूमिका खेल्ने सहभागीहरुले प्रतिबद्धता व्यक्त गर्नुभयो 

A Levels MA