A Levels MA

शिक्षक सेवा आयोगलाई लाइसेन्सको परीक्षापछि मात्र खुलाको विज्ञापन गर्न दवाव, थप चार विषयको पाठ्क्रम तयार (पाठ्क्रम सहित)

शिक्षक सेवा आयोगलाई प्रधानमन्त्री कार्यालयबाट अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन लिएरमात्र शिक्षक छनोटको विज्ञापन गर्न दवाव आएको छ ।

लामो समय पदाधिकारी विहीन भएपछि कार्यतालिका बिग्रिएर कार्यतालिका निर्माणको अन्तिम चरणमा पुगेको आयोगलाई प्रधानमन्त्री कार्यलयबाटै लाइसेन्स परीक्षापछि मात्र विज्ञापन गर्न दवाव आएको हो ।

मन्त्रालयका उच्च पदाधिकारीको प्रयोग गरेर प्रधानमन्त्रीबाट सिधै कार्यतालिकामा नै लाइसेन्सपछि मात्र खुला विज्ञापनको कार्यतालिका सार्वजनिक गर्न दवाव आएको नाम सार्वजनिक नगर्ने सर्तमा आयोगका एक पदाधिकारीले बताए । ‘हामीलाई लोक सेवाको जस्तै काम गर्न जनस्तरबाट दवाव आए पनि जहिल्यै राजनैतिक हस्तक्षेपको सिकार भएर मात्र काम गर्नुपर्छ ।’ ती पदाधिकारीले दाबी गर्दै भने, ‘प्रधानमन्त्रीले शिक्षा सचिवलाई प्रयोग गरेर नै कार्यतालिका परिमार्जन गर्न बाध्य बनाए ।’

यसअघि शिक्षाशास्त्र विषय मात्र पढेका विद्यार्थीलाई लाइसेन्सको परीक्षामा सहभागी गराउँदै आयएको आयोगलाई १८ वर्ष उमेर पुगेका स्नाकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने गरी लाईसेन्सको विज्ञापन गर्न दबाब दिइएको उनले दाबी गरे ।

लामो समय विज्ञापन गर्न नसकेको आयोगलाई अहिले विज्ञापन र शिक्षक छनोटमा समेत सहजता नहुने देखिएको उनको दाबी छ ।

थप चार विषयको पाठ्यक्रम तयार गरेको छ । आयोगले निम्न माध्यमिक तहको खुला प्रतियोगितात्मक विषयगत परीक्षाको गपाठ्यक्रम तयार गरेको हो ।

आयोगले निमाविको संस्कृतभाषा, संस्कृत व्याकरण, गणित र विज्ञान विषयको पाठ्यक्रम तयार गरेको हो । आयोगले यस अघि २४ विषयको पाठ्यक्रम तयार गरिसकेको थियो ।

यस्तो छ विषगत पाठ्यक्रम

निम्नमाध्यमिक तह संस्कृत भाषा विषयको पाठ्यक्रम २०७८

निम्नमाध्यमिक तह संस्कृत व्याकरण विषयको पाठ्यक्रम २०७८

निम्नमाध्यमिक तह गणित विज्ञान विषयको पाठ्यक्रम २०७८

Thuprai - Books and E-books