After SEE Portal

स्थानीय पाठ्यक्रम निर्माण गर्दै काठमाडौं महानगरपालीका, सुझाव संकलन गरीदैं

Bridge Course

काठमाडौं जिल्लाका शिक्षकहरुको सहभागितामा काठमाडौं महानगरपालीकाले स्थानीय पाठ्यक्रम प्रवोधिकरण एवम् सुझाव संकलन गरेको छ । काठमाडौं उपत्यका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधिहरुको सहभागितामा स्थानीय पाठ्यक्रम प्रवोधिकरण एवम् सुझाव संकलन गरीएको हो । 

काठमाडौं महानगरपालीका शिक्षा विभागको आयोजनामा भएको सुझाव संकलन कार्यक्रममा आधारभुत तहको पाठ्यक्रमका सन्दर्भमा छलफल भएको थियो । छलफलमा विद्यालयका शिक्षक प्रतिनिधिहरुले पाठ्यक्रमलाई समयानुकुल वनाउन सुझाव दिएका थिए । सो अवसरमा काठमाडौं महानगरपालीकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरीप्रभा खड्गी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

पाठ्यक्रमले महानगर र सेरोफेरो, हाम्रो संस्कृति–हाम्रो पह्चिान, स्वच्छ हराभरा काठमाडौं, काठमाडौंको विगत, स्थानीय कला र व्यक्ति, व्यक्तित्व, स्थानिय पेशा व्यवसाय र पर्यटन लगायतका विषय समेटेको छ ।

महानगरपालीकाले १० विषय समावेश गर्दै प्रस्तुती गरेको थियो । पाठ्यक्रमले महानगर र सेरोफेरो, हाम्रो संस्कृति–हाम्रो पह्चिान, स्वच्छ हराभरा काठमाडौं, काठमाडौंको विगत, स्थानीय कला र व्यक्ति, व्यक्तित्व, स्थानिय पेशा व्यवसाय र पर्यटन लगायतका विषय समेटेको छ । 

यस्तै, विपद् व्यवस्थापन, नैतिक आचरण र असल व्यवहार, योग र खेलकुद, सूचना प्रविधि विषय पनि पाठ्यक्रममा समेटिएको छ ।

यद्यपी सो पाठ्यक्रम अन्तिम रुप होइन । पाठ्यक्रमलाई परिमार्जन गरेर अन्तिम रुप दिने पाठ्यक्रम निर्माण समितीका पदाधिकारीहरु वताउँछन् । सुझाव संकलन कार्यक्रमको सहजिकरण काठमाडौं महानगरपालीकाका शिक्षा अधिकारी, तारापति खरेलले गरेका थिए । 

छलफलका लागि तयार पारिएको स्थानीय पाठ्यक्रम डाउनलोड गर्नुहोस :

स्थानीय पाठ्यक्रम

 

 

A Levels MA
Thuprai - Books and E-books