A Levels MA

अनलाइन कक्षा सञ्चालन गर्दै प्रिमियर इन्टरनेशनल स्कुल

सम्पूर्ण विश्व काराेना भाइरस (काेभिड - 19) काे सङ्क्रमणमा परेकाे वर्तमान समयमा प्रायः सम्पूर्ण देशका शिक्षण संस्थाहरु बन्द रहेकाे समयमा शिक्षाकाे राजधानी मानिने ललितपुरकाे खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलले अनलाइन कक्षा सञ्चालन गरिरहेकाे छ ।

नेपाल सरकारकाे निर्णय अनुसार चैत्र ५ गतेभित्र कक्षा ९ सम्मकाे परीक्षा सकिएता पनि विद्यार्थी र अभिभावककाे आवश्यकतालाई महसुश गर्दै चैत्र १० गतेदेखि नै विद्यालयकाे वार्षीक क्यालेण्डर अनुसार लकडाउन अवधिमा पनि अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेकाे छ । लकडाउनकाे अवधिभर घरमै बसेर विद्यार्थीले आफ्ना शिक्षकहरुसँग इन्टरनेट सञ्जाल मार्फत् भेटेर पढ्न पाउने हुनाले विद्यार्थीकाे पठन संस्कृतिले पनि निरन्तरता पाउने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरिएकाे देखिन्छ ।

विद्यालयकाे याे कार्यले गर्दा विद्यार्थीहरुकाे खाली समय पनि सही ढङ्गले उपयाेग भइरहेकाे अभिभावकहरुकाे बुझाइ रहेका छ । घरमै बसिबसि आफ्ना  शिक्षकहरुसँग पढाइका साथसाथै आफ्ना अनुभव,धारणा र प्रशनहरु राखेर अध्ययन गर्न पाउँदा विद्यार्थीहरुमा पनि निकै खुशी देख्न सकिन्छ । 

पाठ्यक्रममा आधारित सिकाइका साथसाथै पाठ्यक्रमलाई नै विश्वसमुदायमा घटेका घटनाहरुसँग जाेडेर अध्ययन गराइनुका साथै दैनिक व्यवहारमा प्रयाेग हुने सिकाइलाई सहयाेग पुग्नेगरि विद्यालयले कक्षा सञ्चालन गरिरहेकाे छ । विद्यालयकाे याे कदमले विद्यार्थीमा सिकाइलाई थप उचाइमा पुर्याउनुका साथै व्यवहारिक सीपमा पनि दक्ष बनाउनेछ भने घरमै थुनिएर बस्दा उत्पन्न हुने विभिन्न समस्यावाट पनि टाढा राख्न सहयाेगी भूमिका खेल्ने देखिन्छ ।

Thuprai - Books and E-books