After SEE Portal

प्रिमियर अब पूर्ण आईबी कन्टिन्युम स्कुल

Bridge Course

ललितपुरको खुमलहाइटमा रहेको प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षा (आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेसनल एजुकेसन)को विद्यालय बनेको छ ।

इन्टरनेसन बाकालरियट (आईबी)बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेसनल स्कुल अब पूर्ण रूपमा आईबी वल्र्ड स्कुल जेएफ आइबी कन्टिन्युम स्कुलका रूपमा स्थापित भएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

आईबीले विश्वभरिका १५९ भन्दा बढी मुलुकमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी), मध्य वर्ष कार्यक्रम (एमवाइपी), डिप्लोमा कार्यक्रम (डीपी) र करियरसम्बन्धी कार्यक्रम (सीपी) गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रम सञ्चालन गर्दै आएको छ । वर्षभरि उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रममध्ये न्यूनतम तीन कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयलाई कन्टिन्युम विद्यालयका रूपमा चिनिन्छ । केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आईबी पीवाईपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेसनल स्कुल नेपालको पहिलो आइबी वल्र्ड स्कुल हो ।

स्वीट्जरल्याण्डमा अवस्थित आईबीबाट मान्यता प्राप्त भएपछि कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि आईबी एमवाइपी कार्यक्रम प्रदान गर्ने प्रिमियर स्कुल नेपालको पहिलो र एकमात्र विद्यालय भएको विज्ञप्तिमा उल्लेख छ ।

हाल यस स्कुलमा आईबीका प्राथमिक वर्ष, मध्य वर्ष र डिप्लोमा कार्यक्रम उपलब्ध छ । १५० भन्दा बढी मुलुकमा मान्यता प्राप्त ११ र १२ कक्षाका विद्यार्थीका लागि सबैभन्दा कठिन प्रियुनिभर्सिटी कार्यक्रममध्ये एक मानिने आईबीडीपी कार्यक्रम पनि यस विद्यालयले सञ्चालनमा ल्याएको छ ।

विज्ञप्तिमा यस विद्यालयका संस्थापक पवित्रा लिम्बूले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीका लागि नयाँ ढोका खुलेको बताएकी छिन् ।

 

A Levels MA