A Levels MA

तीन प्रतिष्ठानको उपकुलपति छनोटको प्रारम्भिक चरण नतिजा सर्वाजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा रिक्त रहेको उपकुलपति पदमा नियुक्ति गर्न प्रारम्भिक चरणको सूची सार्वजनिक गरेको हो ।

ती प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठन भएको सिफारिस समितिले गत फागुन २४ गते गरेको सूचनाअनुसार प्राप्त भएका आवेदन, योग्यता, अनुभव तथा व्यवसायिक कार्ययोजना समेतको प्रारम्भिक छानविनका आधारमा सूची सार्वजनिक गरेको मन्त्रालयका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा आज जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

समितिको आजको निर्णयानुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविण कुमार गिरी, डा राजिव शाह , डा मंगल रावल, डा पुजन कुमार रोकाया, डा निरेश थापा, डा तरूण पौडेल, डा हरिहर देवकोटा डा राजेन्द्रराज वाग्ले, डा , गेहनाथ बराल, डा। सुनिल बुढाथोकी, डा सूर्यमान मेन्याङ्बो, डा रेशम बहादुर राना र डा केशव प्रसाद (केपी) सिंहलाई सिफारिस गरेको छ ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रीकृष्ण श्रेष्ठ , डा डुक बहादुर क्षेत्री, डा बिदुर बहादुर बस्ती , डा प्रल्हाद कार्की, डा। सुरेन्द्र शेरचन, डा धुब बहादुर अधिकारी,  डा भरत बहादुर खत्री, डा गिरीधारी शर्मा पंगेनी र डा सरोज शर्मालाई प्रारम्भिक चरणमा सिफारिस गरेको छ ।

त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा बुलन्द थापा, डा प्रल्हाद काकी, डा अनिल कुमार मिश्रा, डा , गेहनाथ बराल, डा पारस कुमार आचार्य, डा राजेश नाथ गंगोल डा दान बहादुर कार्की , डा हेमराज ओझा, डा केशव प्रसाद (केपी) सिंहलाई सिफरिस गरेको सो सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books