CMAT

त्रिवि सेवा आयोगको सदस्यमा प्राडा भट्टराई नियुक्त

Bachelors Portal

त्रिभुवन विश्वविद्यालय सेवा अयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राडा भट्टराईलाई नियुक्त गरेका हुन् ।

त्रिवि ऐन २०४९ को दफा १५ को उपदफा (२)  बमोजिम गठित समितिको सिफारिसमा त्रिवि ऐन २०४९ को दफा १५ को उपदफा (१) को खण्ड (ग) मा अनुसार रिक्त सेवा अयोगको सदस्यमा सोही ऐनको दफा १५ को उपदफा (३) मा उल्लेख भए अनुसार तीन बर्ष पदावधि कायम हुने गरी नियुक्त गरेका हुन् ।

गौरादह नगरपालिका ९ झापा स्थायी घरभई महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा रसायन शास्त्रका प्राध्यापक रहेकाका प्राडा  भट्टराईले आज कीर्तिपुर स्थित त्रिवि सेवा आयोगको कार्यालयमा पदवहाली समेत गरेका छन् ।

पदवहाली लगत्तै संक्षिप्त धारणा राख्दै नवनियुक्त सदस्य प्राडा भट्टराईले सवैका सहयोगको अपेक्षा गर्दे लामोसमय देखि रिक्त भएका विभिन्न शैक्षिक एवम् प्रशासनिक पदको विज्ञापनमा जोड दिने बताए

Thuprai - Books and E-books
I Tech store