After SEE Portal

लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः प्राडा. उपाध्याय नियुक्त

Bridge Course

लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्राडा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन् । आइतवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा पुनः उपाध्यायलाई नियुक्त गरेको हो ।

प्राडा उपाध्यायको पहिलो पाँच वर्से कार्यकाल सकिएपछि पुनः दोस्रो कार्यकालको लागि नियुक्त भएको समितिले जानकारी दियो ।

प्राडा उपाध्याय सोही क्याम्पसमा २०५४ सालदेखि अध्यापन गराउदै आएका थिए । २०७५ साल असार १ गतेदेखि लागु हुने गरी क्याम्पस सञ्चालक समितिको बैठकले पहिलोपटक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

उहनको अधिकांश कार्यकाल कोरोना कहरका बिच बिते पनि उक्त समयमा क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने क्याम्पसको दीर्घकालीन सोचले थप गति पाएको थियो भने त्रि.वि.को प्राज्ञिक स्वायत्तता अन्तर्गत ४ वटा स्वायत्त कार्यक्रमहरु थप भई सञ्चालनमा समेत आएका थिए ।

दोस्रो कार्यकालको लागि क्याम्पस प्रमुखमा नियुक्त भएसंगै प्राडा. उपाध्यायले क्याम्पस सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैको सहयोगमा क्याम्पसले देखेको सपना पूरा गर्न निस्वार्थ रुपले निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गरे ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको गजेडामा जन्मिएर भारतमा अध्ययन गरेका क्याम्पस प्रमुख प्राडा. उपाध्यायले भारतकै नर्थइष्ट हिल युनिर्भसिटीमा प्रारम्भमा ३ बर्ष शिक्षण गराएका थिए । उनी गुहाटी विश्वविद्यालको स्नातकोत्तर तहमा गोल्ड मेडलिस्ट समेत हुन् ।

प्राडा. उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यापन गराउदै गर्दा भारतको बनारस विश्वविद्यालयबाट नेपालमा वाणिज्य बंैकहरुमा सुशासनको अभ्यास विषयमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेकाछन् ।

लेखनमा समेत निकै रुचि राख्ने उनका लेखा तथा लेखापरीक्षण सम्बन्धी १७ वटा पुस्तक प्रकाशित भएका छन् भने २६ बढी अनुसन्धानमुलक लेख नेपाल र विभिन्न देशबाट प्रकाशन हुने जर्नलहरुमा समेत प्रकाशित भएका छन ।

A Levels MA
Thuprai - Books and E-books