प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सवको अवसरमा विज्ञान तथा गणित प्रदर्शनी

ललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ। 

विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा उक्त विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थिए।

प्रदर्शनीमा हाइड्रोलिक डोजर, भ्याकुम क्लिनर, सोलर सिस्टम, चेन्ज अफ सिजन, बायोग्याँस प्रोडक्शन, भोल्कानो, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, म्याथ गेम, इन्भाइरोमेन्टल ब्यालेन्स, इलेक्ट्रिक बेल, वाटर इकोसिस्टम, ल्याण्ड इकोसिस्टम, साइन्स हाउस, एयर अकुपाइज् स्पेस, वाटर पम्पलगायतका सामग्रीको कक्ष समावेश रहेका थिए । 

विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा उतार्न प्रेरित गरिएको साइन्स टिचर एशोसिएशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष जयप्रकाश श्रीवास्तवले जानकारी दिनुभयो ।

उक्त सिर्जनात्मक सामग्री विद्यार्थीले स्थानीय सामग्रीको प्रयोगबाट तयार गरेका हुन् । 

उक्त प्रदर्शनीको पूर्वविज्ञानमन्त्री गणेश साहलगायतका विशिष्ट व्यक्तिले अवलोकन गर्नुभएको थियो । 

विद्यार्थीको सक्रियता बढाउन र सिर्जनशील बनाउन वार्षिकोत्सवको अवसर पारेर प्रधानाध्यापक राजेन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । वार्षिकोत्सवका अवसरमा विद्यालयले बाल साहित्य महोत्सवको समेत आयोजना गरेको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal