Thuprai - Books and E-books
Scholarship edusanjal

आमाबाबु गुमाएकी अमिनाको शिक्षाको जिम्मा पौडेलमा

Admission edusanjal

पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गर्नुभएको छ ।

शनिबार पीडितको घरमा पुगेर उहाँले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाउने जानकारी दिनुभयो । अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् ।

गतअसार २९ गतेको पहिरोले पुरिएर बालिकाको बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षीया नानुमाया थापाको अकालमा निधन भएको थियो । पहिरोले पुरिएर अमिनाकी बहिनी पाँच वर्षीया अमिषा थापा, काका वर्षीय महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत निधन भएको थियो ।

काँग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पुरिएर एकै परिवारका पाँच जनाको निधन भएको घटना दुःखद् रहेको र शोकको घडीलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गर्नुभयो । यसैगरी तनहुँ युवा सञ्जाल र नेपाल रेडक्रस सोसाइटी कोटदरबारको सक्रियतामा अमिनाको शिक्षामा सहयोग पु¥याउन रु दुई लाख २१ हजार २५ सङ्कलन भएको छ ।

उक्त रकम अमिनाको बैंक खाता खोली जम्मा गरिने सोसाइटीका उपशाखाका सभापति इन्द्रबहादुर आलेले जानकारी दिनुभयो । अमिनाको स्याहारसुसार हाल हजुरबुवा आम्बबहादुर थापाले गर्दै आउनुभएको छ ।

भैँसीकिलेमा थापा परिवारको चार घर बसोबास गर्दै आएको छ । उक्त ठाउँ पहिरोको जोखिममा रहेकाले ऋषिङ गाउँपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न पहल गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Courses edusanjal
Select college / campus
Schools edusanjal