A Levels MA

त्रिविद्वारा समकक्षता स्थगन

त्रिभुवन विश्वविद्यालयले भारतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई समकक्षता हाललाई स्थगन गरेको छ ।

त्रिवि शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गरी  सिंघानियाँ विश्वविद्यालय, राजस्थान, भारत, मेवार विश्वविद्यालय, राजस्थान, भारत, साइनाथ विश्वविद्यालय, झारखण्ड, भारत र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पञ्जाब, भारतबाट उच्च शिक्षा लिएका विद्यार्थीलाई समकक्षता प्रदान गर्न स्थगन गरेको हो ।

विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएका विद्यार्थीलाई केन्द्रबाट प्रदान गरिने समकक्षता हाललाई स्थगन गरिएको  सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books