A Levels MA

पोखराको जनप्रिय क्याम्पस विद्यार्थीको पनि प्रिय बन्दै

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०४८ सालमा स्थानीय शिक्षा प्रेमीहरुको प्रयासमा स्थापना भएको जनप्रिय बहुमुखी क्याम्पस अभिभावक तथा विद्यार्थीको प्रिय बन्दै गएको छ । स्वयत्त कार्यक्रम सञ्चालन  तथा त्रिविका पुरानै कार्यक्रम उपयुक्त शैक्षिक वातावरणमा  प्रदान गरेर उत्कृष्ट नतिजा ल्याएपछि क्याम्पस सबैको प्रिय बनेको हो ।

२१ औं सशताब्दीको आवश्यकता अनुरुप जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको यो क्याम्पसमा १० जोड २ देखि स्नातकोत्तर तह सम्म अध्यापन हुन्छ । त्रिविका विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायका विभिन्न विषय पढाउँदै आएको छ । त्यसैगरी जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वायत्त कार्यक्रमअन्तर्गत एमबिए इन हस्पिटयालिटी र स्नातक तहमा पर्वतीय पर्यटन व्यवस्थापन (बीएमटीएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। सबै विषयमा अहिले करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले विहान र दिवा सत्रमा पठनपाठन गराउँदै आएको छ ।

क्याम्पसले उत्कृष्ट नतिजा हासिल गरे वापत २०७२ सालमा सर्वेश्रेष्ठ सामुदायिक क्याम्पसका रुपमा शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ । विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई पहिलो पटक २०६८ सालमा र दोस्रो पटक २०७५ सालमा गुणमापन तथा प्रत्यानको प्रमाणपत्र (क्युएए) प्राप्त गरेको क्याम्पस प्रमुख गौतमले बताए ।

उपलब्धि सतप्रतिशत

स्वयक्त रुपमा  सञ्चालन गरेका कार्यक्रममा विद्यार्थीको नतिजा पनि सन्तोष जनक रहेको छ । क्यम्पसले महामारीका समयमा पनि अनलाइनबाट निरन्तर शिक्षण सिकाइ कार्यक्रमलाई निरन्तरता दिएकै कारण नतिजा उत्कृष्ट भएको क्याम्पसको दाबी छ ।क्याम्पसले एमबीए इन हस्पिटयालिटी म्यानेजमेन्ट दोस्रो सेमेस्टरमा उत्कृट नतिजा ल्याउन सफल भएको छ । एमबीए दोस्रो सत्रको नियमित परीक्षामा ९५ प्रतिशत विद्यार्थीले उत्कृष्ट नजिता ल्याउन सफल भएका छन्। सो परीक्षामा देशभरिकै पहिलो, दोस्रो र तस्रो स्थानको नतिजा हात पारेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीले बताए।‘हाम्रो क्याम्पसमा विद्यार्थी आकर्षण उच्च छ, नतिजा पनि सन्तोष जनक छ ।’ उनले भने, ‘नतिजा र व्यवस्थापन राम्रो भएकै कारण विश्वविद्यालय अनुदान आयोगले दुई पटक क्युएए र २०७३ मा उत्कृष्ट सामुदायिक क्याम्पसका रुपमा पुरस्कृत भइसकेको छ ।’

विश्वविद्यालयले शैक्षिक सत्रलाई मध्यनजगर गर्दै ३० असारदेखि ५ साउनसम्म सञ्चालन गरेको परीक्षाको नतिजा उत्साहजन भएको क्याम्पसले जानकारी दियो ।

एबीए इन हस्पिट्यालिटी म्यानेजमेन्ट कार्यक्रम नेपाली तथा विदेशी विद्यार्थीहरूलाई हस्पिट्यालिटी क्षेत्रसँग सम्बन्धित व्यवस्थापकीय ज्ञान, सीप तथा दृष्टिकोणको विकास गरी दक्ष जनशक्ति पर्यटन उद्योग र अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने उद्देश्यले सञ्चालन गरिएको क्याम्पस प्रमुख विरजी गौतम बताउँछन् ।

क्याम्पस प्रमुख गौतमले गुणस्तरको कसीलाई कायम राख्न शिक्षकको मेहनत विद्यार्थीको लगन र क्याम्पसमा शैक्षिक वातावरण हुनुपर्ने बताए् । स्वयक्त कार्यक्रममा विद्यार्थी आकर्षण धेरै छ । त्यसैले क्याम्पसले भर्नाका समयमा नै राम्रो र निष्पक्ष भएर विद्यार्थी छनोट गर्दा विद्यार्थीले उत्कृष्ट नजिता ल्याउन सफल भएको उनको दाबी छ ।

एमबीए इन हस्पिट्यालिटी म्यानेजमेन्ट अध्ययनका लागि बीएचएम, बीएमटीएम, बीबीए, बीबीएसलयायत विज्ञान, व्यवस्थापन, मानविकी तथा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्ने कार्यक्रम संयोजक विश्वाशराज पौडेलले जानकारी दिए।

Thuprai - Books and E-books