A Levels MA

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या : मन्त्री हिक्मत कार्की

दमक, २२ मङ्सिर (रासस) : प्रदेश नं १ का सङ्घीय मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत समस्या रहेको बताउनुभएको छ । 

झापाको दमकमा आज संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)को चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुक सङ्घीयतामा गएसँगै शिक्षा क्षेत्रमा पनि स्पष्ट कानूनको अभाव देखिएको बताउनुभयो । 

मन्त्री कार्कीले राज्यले ठूलो लगानी गरिरहेको शिक्षा क्षेत्रको गुणस्तर खस्कँदै जानु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले शिक्षा क्षेत्रको नियमन कसले गर्ने भन्ने विषय नै अन्योलमा छ । सङ्घीय सरकार पनि यस विषयमा गम्भीर बनेको छैन ।” 

Thuprai - Books and E-books