नीति तथा कार्यक्रम एकातिर बजेट अर्कौतिर (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–२०)

बजेट अङ्कमा  बढे पनि प्रतिशमा  भने गतवषकै हाराहारीमा  रहेको छ । गत वर्ष कुल बजेटको १०.९२ प्रतिशत विनियोजन गरिएकामा यसपालि १०.९५ प्रतिशत छुट्याइएको हो । शून्य दशमलव ३ प्रतिशत बजेट बढेको देखिए पनि शिक्षक, कर्मचारी, प्राध्यापकको तलब १५ प्रतिशत बढेकाले अधिकांश रकम उनीहरूकै तलब सुविधामा खर्च हुनेछ ।

सरकारले आगामी वर्षको  बजेट गत १५ गते सार्वजनिक गरेको छ । उक्त बजेटमा दिवा खाजा  कार्यक्रमलाई आगामी वर्ष कक्षा  कक्षा  ६ सम्म विस्तार गर्ने घोषणा गरिएको छ ।   सरकारको नीति तथा कार्यक्रममा  कक्षा  ८ सम्म विस्तार गर्ने घोषणा गरिएको भए पनि बजेट आउँदा कक्षा ६ सम्म मात्र गर्ने गरी घोषणा गरिएको छ। बजेट अभाव भएको भन्दै सरकारले आफ्नै नीति तथा कार्यक्रम कक्षा ८ सम्म विस्तार गर्ने भनिएको सो कार्यक्रम यो वर्ष कक्षा ६ सम्म पुर्याउने घोषणा गरेको मन्त्रालय स्रोतलपे जानकारी दियो । त्यस्तै शिक्षक व्यवस्थापनका विषयमा  पनि नीति तथा कार्यक्रम र बजेटमा फरक विषय आएको छ ।

सरकारले शिक्षा क्षेत्रमा गत वर्षको भन्दा २४ अर्ब ६७ करोड रुपियाँ बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९– ८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् ।

जसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन, प्रदेशका लागि ५ अर्ब, ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड विनियोजन गरिएको छ । गत वर्ष सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । 

बजेट अङ्कमा  बढे पनि प्रतिशमा  भने गतवषकै हाराहारीमा  रहेको छ । गत वर्ष कुल बजेटको १०.९२ प्रतिशत विनियोजन गरिएकामा यसपालि १०.९५ प्रतिशत छुट्याइएको हो । शून्य दशमलव ३ प्रतिशत बजेट बढेको देखिए पनि शिक्षक, कर्मचारी, प्राध्यापकको तलब १५ प्रतिशत बढेकाले अधिकांश रकम उनीहरूकै तलब सुविधामा खर्च हुनेछ ।

एसईईको नतिजा असारको अन्तिम सार्वजनिक गर्ने तयारी

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी असारको अन्तिम सातामा सार्वजनिक  गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले छिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्ने गरी काम अगाडि बढाएको हो ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “सकभर असार मसान्तसम्ममा नतिजा सार्वजनिक गर्ने योजना बनाएका छौँ ।”

बोर्डले गत वैशाख २० गते परीक्षा सम्पन्न गरेको थियो । परीक्षा सकिए लगत्तै स्थानीय तह निर्वाचनमा कर्मचारी र शिक्षक खटिएपछि एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अगाडि बढ्न सकेन । जेठको पहिलो साताबाट मात्र उत्तरपुस्तिका परीक्षण थालिएको छ ।

“अब उत्तरपुस्तिका परीक्षणको काम धमाधम थालिएको छ । असारको अन्तिम साताभन्दा अगाडि नतिजा सार्वजनिक हुन सम्भव छैन” उपपरीक्षा नियन्त्रक भक्त गोदारले भने ।

पनिकाले विभिन्न ५६ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षणको कार्य जारी राखेको छ । परीक्षा नियन्त्रण कार्यालयमा पनि उत्तरपुस्तिका परीक्षणको कार्य भइरहेको छ । कक्षा ११ को नयाँ भर्ना कार्य आगामी साउनभन्दा अगाडि सम्भव नहुने स्पष्ट देखिएको छ ।

एफ्टर एसईई’ पोर्टल सार्वजनिक

एसईईपछि कलेज र विषय छान्न सजिलोहोस् भन्ने उद्देश्यले ‘एफ्टर एसईई’ पोर्टल सार्वजनिक गरेको छ । मुलुक भित्र सञ्चालनमा रहेका कलेज, पाठ्यक्रम, सेवा शुल्कको बारेमा  विद्यार्थीलाई घरैमा बसीबसी जानकारी दिने उद्देश्यले सो पोर्टल सार्वजनिक गरेको हो ।

इडियु सञ्जालले एक कार्यक्रमका विच सार्वजनिक गरेको सो पोर्टलमा  अधिकांश शीर्षकका  छात्रवृत्ति  लक्षित समूहका विद्यार्थी सम्म नपुग्ने गरेको सरोकारवालाले बताए ।

खुद भर्नादरमा कमी

शैक्षिक सत्र २०७८ मा प्राथमिक तह (कक्षा १–५) खुद भर्नादरमा ०.५ प्रतिशतले कमी आएको छ । आर्थिक सर्वेक्षण २०७८–०७९  अनुसार शैक्षिक सत्र २०७७ को कुल विद्यालय सङ्ख्या ३५ हजार ६७४ रहेकोमा १ हजार ३ सय ६ विद्यालय घट्न गई शैक्षिक सत्र २०७८ मा कुल विद्यालयको सङ्ख्या ३४ हजार ३ सय ६८ पुगेको छ । कोभिड–१९ ले शिक्षा क्षेत्रमा नकरात्मक असर पारे पनि कक्षा १० र १२ को टिकाउ दरमा सन्तोषजनक वृद्धि भएको देखिएको छ । भने, विश्वविद्यालय अनुदान आयोगबाट २०७८ फागुनसम्म ६४ उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको छ।

पाठ्यपुस्तक अभाव

रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ। जेठ एक थतेबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ। जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो। 

रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन्। जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए। रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पुर्याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उनले बताए। कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ। 

त्यस्तै कक्षा सुरु भएको डेढ महिनासम्म पनि गोरखाका विद्यार्थीले किताब पाएका छैनन्। कतिपय ठाउँमा पुराना किताबको भरमा पठनपाठन भइरहेको छ । ११ स्थानीय तह रहेको गोरखाका सुगम पालिकामा मात्र होइन दुर्गम चुमनुब्री, धार्चे गाउँपालिकाका विद्यालयमा पनि किताब पुगेको छैनन्। त्यहाँ किताब खच्चड वा मानिसलाई बोकाएर लैजानुपर्छ। दुर्गम क्षेत्रलाई भनेर केही किताब पठाइएको व्यवसायीले बताएपछि सबैलाई पुग्ने गरी किताब नजाँदा शिक्षकले विद्यार्थीलाई उपलब्ध गराउन सकेका छैनन्। विद्यार्थीको साथमा पाठ्यपुस्तक नहुँदा उनीहरुको पढ्ने बानी नै बिग्रिएको गुनासो अविभावकले पनि गर्न थालेका छन्।  त्यस्तै, लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ। नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा पठनपाठनमा समस्या भएको छ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ। हालसम्म पाँच किताब किन्न पाए पनि चारवटा अझै नपाउँदा अध्ययनमा समस्या भएको उनले गुनासो गरे।

कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । हिमाली जिल्लामा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको विद्यार्थी र शिक्षकहरुको गुनासो छ । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो ।

केयुका दोस्रो चरणको २७औँ दीक्षान्त समारोह सम्पन्न्

विभिन्न कार्यक्रमबाट एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण  गर्दै काठमाडौँ विश्वविद्यालय ९केयु० को दोस्रो चरणको २७औँ दीक्षान्त समारोह आज काभ्रेपलाञ्चोकको धुलिखेलमा  सम्पन्न गरिएको छ । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् ।

त्रिविको वेथिति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए ।

Thuprai - Books and E-books