After SEE Portal

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

Bridge Course

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए । 

मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएको थियो । “के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ”, उनले भने,, “भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ ।”

उनले गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताए । “हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौं। विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ”, उनले भने, “त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो ।” साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ । 

ताला तोड्ने लगाएको आरोप लगाउँदै त्रिविमा पुनः ताला

विद्यार्थीको हकहितका निम्ति लड्दै आएको भन्ने विभिन्न विद्यार्थी संगठनले त्रिविलाई पछिल्लो समय आफ्नो राजनैतिक अभिष्ट पुरा गर्न त्रिविलाई बन्धक बनाउँदै आएका छन् । पछिल्लो  पदाधिकारीलाई हटाउने रणनीति लिएर सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिविको केन्द्रीय कार्यालय कीर्तिपुरमा पुनः हिजो ताला लगाएको छ । ताला लगाउँदै त्रिवि पदाधिकारीले यसअघि लगाइएको ताला तोड्न लगाएको आरोप समेत लगाएका छन् ।

‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौं रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएका ताला फुटाउने कुचेष्टा गर्नु आफैमा खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले फुटाएका थिए । ताला खुले को २४ घण्टा नबित्दै पुनः पुरानै समूहले ताला लगाएका हुन् । । नेविसङ्घले गत माघ ६ गते देखि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका थिए । 

A Levels MA
Thuprai - Books and E-books