After SEE Portal

बीबीएसको परीक्षामा बुहारी पास गराउन खोज्दा प्रहरीको फन्दामा

Bridge Course

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएस दोस्रो वर्षको अर्थशास्त्रको परीक्षा अमर्यादित कार्य गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगन्जस्थित ठाकुरराम क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख आफ्नै बुहारीको उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै साटफेर गर्दैगर्दा पक्राउ परेका छन् । त्रिजुद्ध महाबिर प्रसाद रघुविर राम माध्यमिक विद्यालय विर्तामा हिजो सञ्चालन गरिएको परीक्षामा अमर्यादित कार्य गर्दा  पक्राउ परेका हुन् ।

मोहन प्रसाद यादवले विनोद कुमार स्वर्णकारलाई प्रश्नपत्र र उत्तरपुस्तिका दिएको प्रहरीले जानकारी दियो । हिजोको बीबीएस दोस्रो वर्षको अर्थशास्त्र विषयको परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका बाहिर निकाली अरुलाई लेख्न लगाउनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दा स्वर्णकारको साथबाट यादवले दिएको त्रिविको सिवल नम्बर ७००१५१८८७बीबीएस दोस्रो वर्ष को अर्थशास्त्रको पाना ८उत्तरपुस्तिका फेला परेको पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक गिरीले जानकारी दिए ।

अभियुक्तलाई नियन्त्रणमा लिइ शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता गिरीले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित सिम्बल नं को परीक्षार्थी पक्राउ परेका मोहन प्रसाद यादवको जेठो छोराको श्रीमती बुहारी विमा कुमारी यादव भएको प्रवक्ता यादवले बताए ।

A Levels MA
Thuprai - Books and E-books