After SEE Portal

पोखरा विश्वविद्यालयले रिक्त रजिष्ट्रार तत्काल नियुक्त गर्ने

Bridge Course

पोखरा विश्वविद्यालयले लामो समयदेखि रिक्त रहेको रजिष्ट्रार नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउने भएको छ । गत चैत्र १० गते विद्यार्थीहरुले विभिन्न माग राखि आन्दोलनको चेतावनी दिएपछि विश्वविद्यालयले नियुक्ति प्रक्रिया अघि बढाउने जनाएको हो ।

त्यस्तै विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनले राखेको मागको गम्भीरतापूर्वक छलफलगरी सम्बोधन गरेको जनाएको छ । विश्वविद्यालयले  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ पोखारा विश्वविद्यालय मूल इकाई समिति) ले गत चैत्र १० गते विज्ञप्ति मार्फत राखेका मागका विषयमा काम कारबाही अघि बढाएको जनाएको हो ।

अनेरास्ववियुका मागका सम्बन्धमा चैत्र ९ गते प्रकाशित गरिएको परीक्षा तालिका आवश्यक संसोधन गरी नयाँ तालिका पुनः प्रकाशन गरेको, यस अघि सम्पन्न भएका स्नातकतहका कार्यक्रमका परीक्षाफलहरूका सम्बन्धमा नतिजा प्रकाशन कार्य मिति चैत्र २३ गते देखि शुरू गरिसकेको, पोखरा विश्वविद्यालयले लिने स्नातकतहका छात्रवृत्तिका सम्बन्धमा तत्कालीन अवस्थामा अनलाइ आबेदन प्रकृयामा आई परेका समस्याहरू समाधान गरी परीक्षा समेत सम्पन्न गरेको गरेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकाल ले जानकारी दिए ।

त्यस्तै, विश्वविद्यालयले नतिजा प्रकाशनको कार्य माआवश्यक सजकताका साथ अगाडि बढाइएको, चौथो बर्ष बाहेकका स्नातकतहका बाँकी रहेका सेमेष्टर तथा वार्षिक कार्यक्रमका परीक्षाका सम्बन्धमा उक्त परीक्षा जेष्ठ महिनाको तेस्रो हप्ताबाट सञ्चालन गर्ने गरी कार्य अगाडि बढाईएको र पोखरा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति सम्बन्धमा पोखरा विश्वविद्यालय ऐन बमोजिम रजिष्ट्रार नियुक्तिको प्रकृया अगाडि बढाईएको उनले जानकारी दिए ।

त्यस्तै गरी, नेविसंघले राखेका मागका पनि पोखरा विश्वविद्यालयले सम्बोधन गर्ने भएको छ । विश्वविद्यालयका आंगिक स्कूलहरूमा अध्ययनरत विद्यार्थीहरूको फिल्ड भिजिटसम्बन्धित स्कूलहरूले पाठ्यक्रममा व्यवस्था भएबमोजिम गर्नरगराउन निर्देशन दिइसकिएको अधिकृत ढकालले जानकारी दिए ।

त्यस्तै विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको बास्केटबल कोर्टको मर्मत कार्य जिम्मा लगाईएको निर्माण कम्पनीले यही हप्ताभित्र कार्य शुरू गर्ने, पोखरा विश्वविद्यालयमा स्थगित रहेको दीक्षान्त समारोह रजिष्ट्रार नियुक्ति भएपछि अगाडि बढाईने , पोखरा विश्वविद्यालयको शैक्षिक क्यालेण्डर कोभिड–१९ को विषम परिस्थितिले सृजित अवस्थालाई ध्यानमा राखेर विस्तृत शैक्षिक क्यालेण्डर तयार गर्ने अधिकृत ढकालले एक सूचना प्रकाशित गरी जनाएका छन् ।

पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड एलाईड साईन्सेजमा २०१९ स्प्रिङ्ग सेमेष्टरको जेहेन्दार छात्रवृत्तिका सम्बन्धमा आवश्यक निर्णयका लागि कार्यकारी परिषदमा पेश गर्ने प्रक्रृया अगाडि बढाईएको सो सूचनामा उल्लेख गरिएको छ।

A Levels MA
Thuprai - Books and E-books