After SEE Portal

गोकर्णेश्वर नगरपालिकामा कविता महोत्सव

Bridge Course

गोकर्णेश्वर नगरपालिकामा देशव्यापी कविता महोत्सव आयोजना गरिने भएको छ । नगरपालिकाको शिक्षा शाखाले सो प्रतियोगितात्मक महोत्सवको आयोजना गरेको हो । 

आगामी फागुन १६ गते आयोजना गरिने प्रतियोगितात्मक महोत्सवका लागि इच्छुक कवि तथा कवयित्रीले यही माघ मसान्तभित्र कविता संप्रेषण गरी सक्नुपर्ने नगर शिक्षा शाखाले जानकारी दियो ।

प्रदेश स्तरीय सो प्रतियोगितामा हरेक प्रदेशका घटीमा १०-१० वटा कवितालाई समेल गराइने भएको छ । उक्त प्रतियोगितामा प्रथमलाई रु.५१ हजार, द्वितीयलाई रु.३१ हजार, तृतीयलाई रु.२१ हजार र सान्तवनालाई रु.१० हजार नगद, प्रमाणपत्र र दोसल्ला चढाइ अभिनन्दन गरिने नगर शिक्षा शाखाले जानकारी दियो । शाखाका अनुसार हरेक प्रदेशका उत्कृष्ट ३-३ कवितालाई रु. ५ हजार प्रदान गरिने भएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books