After SEE Portal

विद्यार्थीसमक्ष प्रधानमन्त्रीले महानन्दको कविता सुनाएपछि

Bridge Course
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्वीर ः नवीन पौडेल, रासस


काठमाडौँ, २३ भदौ (रासस) ः 
“विधिको यदी त्यही विधान छ भने 
अब त्यो विधिको पनि आयू पुग्यो ।” 

कवि महानन्द सापकोटाले गरिबी र पछ्यौटेपनको प्रतिबिम्बन गरी निरङ्कुश राजतन्त्रात्मककालमा रचेको कवितालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुनाएपछि सहभागी विद्यार्थीले तालीको वर्षा दिन थाले । 

धनी र शिक्षित हुने सम्भावनालाई मारेर विगतका शासकले नेपालीलाई गरिबी र अशिक्षामा राखेको जिकिर गर्दै उहाँले भन्नुभयो, “अब त्यो अन्धकारको युग समाप्त भएर समृद्धिको युगको थालनी भयो, विद्यार्थी उत्साहित भई पढेर विश्वस्तरमा दक्ष नागरिक बन्नपछि पर्नु हुँदैन ।” 

प्रधानमन्त्री ओलीले मुलुकलाई निरक्षर बनाइनु अपराध कर्म भएको उल्लेख गर्दै दुई वर्षपछि साक्षरता अभियानका नारा कार्यक्रम ल्याउन नपर्ने गरी साक्षर नेपाल बनाइने उद्घोष गर्नुभयो । 

गत बैशाख १ गते कर्णालीको राराबाट देशवासीका नाममा सम्बोधनका क्रममा पनि प्रधानमन्त्री ओलीले उक्त कविताको स्मरण गर्नुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा काठमाडौँमा शनिबार आयोजित समारोहमा सामुदायिक विद्यालयतर्फ प्रथम हुने शितलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा, कास्कीलाई शिल्ड प्रदान गर्नुहुँदै । तस्वीर ः नवीन पौडेल, रासस



विसं १९५३ मा जन्मिएर प्रगतिशील र राष्ट्रवादी साहित्य सिर्जना गरेका सापकोटाको विसं २०३५ मा निधन भएको थियो । प्रधानमन्त्री ओलीले सापकोटा र यस्ता अग्रज स्रष्टाका अमर रचनालाई आफ्नो सम्बोधनमा उद्धृत गर्दै आउनुभएको छ । 

३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२ आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले सापकोटाको कविता मात्र सुनाउनुभएन नेपाली विद्वान् भाष्कराचार्यले गणितको सिद्धान्त पत्ता लगाएको तथ्यबारे विद्यार्थी अनविज्ञ हुन नहुने जिकिर गर्नुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा काठमाडौँमा शनिबार आयोजित समारोहमा राष्ट्रियस्तरमा पुरस्कृत विद्यालय एवं क्याम्पसका पदाधिकारी र विद्यार्थी सामूहिक तस्बिरमा । तस्वीर ः नवीन पौडेल, रासस



प्रधानमन्त्री ओलीले समाजवादउन्मुख गुणस्तरीय शिक्षा लिएर दुनियाँको कुनै पनि भागमा पुगेर श्रेष्ठता हासिल गर्न सक्ने नागरिक तयार गर्ने सरकारको लक्ष्यमा सघाउन शिक्षासेवी, कर्मचारी, शिक्षक र विद्यार्थीमा आह्वान गर्दा पनि विद्यार्थीले समर्थनमा ताली बजाएका थिए । 

३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा काठमाडौँमा शनिबार आयोजित समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । तस्वीर ः नवीन पौडेल, रासस



सभाहलमा खचिखचाउ सहभागी र विद्यार्थीमाझ उहाँले मुलुकमा भेद्भाव र कुरीति अन्त्य गरेर सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि योग्य र दक्ष जनशक्ति तयार हुनैपर्नेमा जोड दिनुभयो । 

‘समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ को आदर्श वाक्यका साथ आज देशभर सो दिवस मनाइएको हो । नयाँ पुस्तालाई निराश नहुन आग्रह गर्दै उहाँले नेपाली गौरवपूर्ण इतिहास बोकेको र विद्वान पुर्खाको सन्तान भएको र अबको सम्भावना झन् प्रचुर रहेको धारणा व्यक्त गर्नुभयो । 

३९औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्वीर ः नवीन पौडेल, रासस



एक छिमेकीसँगको वेष्टितको अवस्था अन्त्य 

प्रधानमन्त्री ओलीले दुई दिनअघि छिमेकी चीनसँग पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल एक छिमेकीसँगको वेष्टित (लक्ड) को अवस्थाबाट खुला भएको बताउनुभयो । 

उहाँले आफ्नो अघिल्लो कार्यकालको चीन भ्रमणमा भएको सहमतिको कार्यान्वयनका क्रममा उक्त मुलुकसँग भएको पारवहनको प्रोटोकलमा सहमति हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विरोधीले यो उपलब्धिलाई ओझेल पार्ने गरी सरकारको आलोचना गर्न खोजे पनि त्यस्ता आलोचनाले स्थान पाउने छैनन्, हामी मुलुकको समृद्धिको सपना पूरा गरेरै छाड्छौं ।” 

आगामी साता नेपालको नदीमा जहाज चलाउने विषयमा नेपाल र भारतको संयुक्त टोलीले सर्भेक्षण शुरु गर्ने जानकारी दिँदै उहाँले अर्काे वर्षदेखि नेपालको जमीन डुबानमा नपर्ने गरी आउँदो वर्षायामअघि व्यवस्थान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो कुरा भइसकेको पनि स्पष्ट पार्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय र प्रदेशस्तरमा उत्कृष्ट घोषित सामुदायिक तथा संस्थागत विद्यालयलाई पुरस्कृत गर्नुभयो । 

प्रकाश सिलवाल 

A Levels MA