After SEE Portal

पिएचडी फेस्टीबल २०२३ सुरु

Bridge Course

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले दुई दिने पिएचडी फेस्टीबल २०२३ को प्रारम्भ गरेको छ । 

कीर्तिपुर स्थित विज्ञान परिसरमा विज्ञान लगायत अन्य विषयमा समेत विद्यावारिधि अध्ययन गरेका विद्यार्थीको प्रस्तुति सहित फेस्टिवलको आयोजना गरिएको हो ।

विद्यार्थीले आफनो शोधकार्यलाई प्रस्तुतिको रुपमा प्रदर्शन गर्ने त्रिविले जानकारी दियो ।पिएचडी फेस्टिवलको उद्घाटन विश्वविद्यालय अनुदान अयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले आज गरेका छन् । पिएचडी फेस्टिवलको उद्घाटन कार्यक्रममा त्रिविका  निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, रजिष्ट्रार प्राडा पेशल दाहाल लगायत विभिन्न विभागका विभागीय प्रमुख लगायतका अतिथिहरुले फेस्टिवलको भ्रमण गरेका छन् ।

A Levels MA